लिटिल एन्जल्स स्कुल राप्तीले ४० जना विद्यार्थीहरूलाई निःशुल्क पठनपाठन गराउँने

भालुवाङ २९ चैत्र । लुम्बिनी प्रदेशको राजधानी भालुवाङमा रहेको लिटिल एन्जल्स स्कुलले आगामी शैक्षिक सत्र २०७९ साल देखि ४० जना विद्यार्थीहरूलाई छात्रवृत्तीमार्फत निःशुल्क पठनपाठन गराउने भएको छ । मङ्गलवार पत्रकार सम्मेलनको आयोजना गर्दे विज्ञप्ति सहित उक्त विषयमा विद्यालयले जानकारी गराएको हो ।

लिटिल एन्जलस स्कुल प्रालि हात्तिवन ललितपुरको सहकार्यमा यस लिटिल एन्जलस स्कुल राप्ती १ भालुबाङ दाङले शैक्षिक सत्र २०७९ को लागि कक्षा १ देखि ७ सम्म अध्ययन गर्न चाहने जेहेन्दार विद्यार्थीका लागि खुल्ला तथा आरक्षण सिटमा छात्रवृत्ति व्यवस्था कार्यक्रम खुल्ला गरिएको लिटिल एन्जलस स्कुल राप्तीका प्रबन्ध निर्देशक शोभाखर भुसालले जानकारी दिएका हुन् ।

जसमा खुल्ला तर्फ २८ जना र आरक्षण कोटा तर्फ १२ जना गरी जम्मा ४० जना विद्यार्थीहरूलाई निःशुल्क पढाउन लागेको प्रबन्ध निर्देशक भुसालले बताए । जसअन्तर्गत आरक्षण सिटमा दलित २ जना, मुस्लिम १ जना, जनजाति २ जना, द्वन्द्वपीडित १ जना, लोपोन्मुख १ जना, अपाङ्ग १ जना पिछडिएको क्षेत्र १ जना, असहाय २ जना र अल्पसङ्ख्यक १ जना रहेका छन् ।

यस वर्षका लागी थोरै कोटा भएतापनी आउँदो वर्षमा थप गुणस्तरीय सेवा सुविधासहित उक्त सङ्ख्या बढाउँदै जाने सोच रहेको जानकारी दिए।

यस लिटिल एन्जलस स्कुल राप्ती १ भालुबाङ दाङले यसै शैक्षिक सत्र २०७८ सालदेखि नयाँ व्यवस्थापनका साथ अगाडि बढ्ने क्रममा सुविधा सम्पन्न कक्षाकोठाको व्यवस्था, मन्टेश्वरी तथा थेमेटिक कक्षाको सुरुवात, स्वच्छ पिउने पानी, शौचालय, सिसी टिभी क्यामरा जडान, अडियो भिजुअल कक्षाका साथसाथै अतिरिक्त क्रियाकलाप, नृत्य, सङ्गीत, खेलकुद, शैक्षिक भ्रमण, सामाजिक-सांस्कृतिक अध्ययन भ्रमण, बोटानिकल टुर, वातावरणीय अध्ययन, व्यवहारिक शिक्षा जस्ता विभिन्न कक्षाको सुरुवात गरी अध्यापन कार्यहरू गर्दै आएको र आगामी दिनहरूमा बालबालिकाको चौतर्फी विकास तथा अन्तर्निहित प्रतिभा प्रस्फुटनको निमित्त बाल मनोविज्ञानमा आधारित विद्यार्थी केन्द्रित शैक्षिक क्रियाकलापमा केन्द्रित गराउने अझै रचनात्मक, सिर्जनात्मक कार्य गर्दै अगाडि बढ्ने लक्ष्य लिएको विज्ञप्तिमा भनिएको छ ।

आवश्यक कागजात र फारम वितरण

दरखास्त फारम : विद्यालयको प्रशासन शाखाबाट लिई रितपूर्वक भरेर तोकिए बमोजिम सिफारिस तथा प्रमाणित गराई आवश्यक कागजातसहित विद्यालय प्रशासनमा परीक्षा सुरु हुनुभन्दा अगावै बुझाउनुपर्नेछ।

फारम वितरण : २०७ चैत्र २९ देखि २०७९ बैशाख १५ गते सम्म । (हरेक दिन बिहान १० देखि दिउसो ३ बजे सम्म)

परीक्षा मिति र समय : २०७९ बैशाख १६ गते शुक्रवार

परीक्षाको किसिम : लिखित

पाठ्यक्रम : अंग्रेजी, गणित, विज्ञान, नेपाली, सामाजिक शिक्षा र सामान्य ज्ञान (५०% बस्तुगत र ५०% विषयगत)

परीक्षा केन्द्र : लिटिल एन्जल्स स्कुल राप्ती १ भालुबाङ दाङ

आवश्यक कागजातहरु : जन्मदर्ताको प्रतिलिपी – १ प्रति, २ प्रति फोटो, अध्ययनरत कक्षाको तेस्रो त्रैमासिक परिक्षाको मार्कसिट, आरक्षणको लागी सम्बन्धित वडाकार्यालयको सिफारीस पत्र ।

विज्ञप्ती हेर्नुहोस्

खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

© 2025 Lumbini Daily All right reserved Site By : Himal Creation