भूमिकास्थान-१ मा वडास्तरीय पूर्णखोप तथा दिगोपना घोषणा सम्पन्न

अर्घाखाँची। जिल्लाको भूमिकास्थान-१ मा आर्थिक वर्ष २०८२/०८३ अन्तर्गत वडा स्तरीय पूर्णखोप तथा दिगोपना घोषणा कार्यक्रम सम्पन्न भएको छ।

भूमिकास्थान नगरपालिका वडा नं. १ अन्तर्गत जन्मेदेखि १५ महिनासम्मका सबै बालबालिकाले राष्ट्रिय खोप तालिकाबमोजिम अनिवार्य खोप पूरा गरेपछि उक्त घोषणा गरिएको हो।

ढाकावाङ्ग स्वास्थ्य चौकी प्रमुख रन्जिता रायमाझीले आर्थिक वर्ष २०८२/०८३ मा जन्मेदेखि १५ महिनासम्मका कुल १६ जना बालबालिकामध्ये १६ जनाले नै राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत तोकिएका सम्पूर्ण खोप लगाएको जानकारी दिनुभयो।वडाका सम्पूर्ण घरहरुकाे सर्वेक्षण गर्दा १६ महिनादेखि ५ वर्षसम्मका सम्पूर्ण बालबालिकाले समेत पूर्ण खाेप लगाएको प्रमुख रायमाझीले जानकारी दिनुभएको छ।

पूर्णखोप सुनिश्चित भएसँगै बालबालिकालाई विभिन्न सरुवा तथा जोखिमयुक्त रोगबाट सुरक्षित बनाउने अभियानमा वडा सफल बनेको स्वास्थ्यकर्मीहरूले बताएका छन्।

खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

© 2026 Lumbini Daily All right reserved Site By : Himal Creation