भूमिकास्थानमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा र औषधि वितरण हुने

अर्घाखाँची ।   भूमिकास्थान नगरपालिकामा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले बृहत् स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ।

नगरपालिकाका अनुसार चैत २७ गते ढाकावाङ्ग स्वास्थ्य चौकीमा सञ्चालन हुने शिविरमा विभिन्न रोगका विशेषज्ञ चिकित्सकहरूद्वारा सेवा प्रदान गरिनेछ।

उक्त शिविर लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालय तथा स्वास्थ्य निर्देशनालयको सहकार्यमा आयोजना हुन लागेको हो।

शिविरमा उच्च रक्तचाप र मधुमेह परीक्षण, मानसिक स्वास्थ्य सेवा, छाला तथा यौन रोग उपचार, मुख तथा दाँत जाँच लगायतका सेवा उपलब्ध हुनेछन्। साथै, महिलासम्बन्धी रोगको पहिचान, उपचार, परामर्श तथा आवश्यक परे रिफर सेवा समेत प्रदान गरिने जनाइएको छ।

शिविरमा विशेषज्ञ चिकित्सकले सिफारिस गरेका औषधि तथा आवश्यक स्वास्थ्य सामग्री निःशुल्क वितरण गरिनेछ। नगरपालिकाले सबै नगरबासीलाई उपस्थित भई सेवा लिन आग्रह गरेको छ।

प्रमुख प्रशासकीय अधिकृत रविन्द्रप्रसाद चौधरी ले शिविरले स्थानीयस्तरमै सहज रूपमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

© 2026 Lumbini Daily All right reserved Site By : Himal Creation