
माघ २६ , दाङ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय भालुवाङ्गले शुक्रवार राप्ती गाउँपालिका, सरुमारानी गाउँपालिका, गढवा गाउँपालिका, शिवराज नगरपालिका, राप्ती नगरपालिका, सितगंगा नगरपालिकामा रहेको आफ्ना सदस्यहरू तथा अभिभावकहरूलाई भालुवाङमा भेला गराई शाखाको ९औँ ग्राहक सदस्य गुनासो सुनुवाइ (इकाई भेला) कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त भेलामा ३ जना व्यवसायीलाई रु ३ हजार ५१५ रूपैयाँ पुरस्कार राशी सहित सम्मान पत्रले पुरस्कृत गरिएको थियो । यस्तै शाखाका १० वटा उत्कृष्ट इकाई (समूह)लाई १७ हजार ५५० नगद पुरस्कार राशी र सम्मान पत्र तथा १० इकाई (समूह) १० जनालाइ नगद रु ३६ हजार छात्रवृत्ति प्रदान गरेको शाखाका प्रवन्धक राजेश प्रसाद कुशवाहाले जानकारी दिनुभयो ।
कार्यक्रममा सदस्य ११६ जना र अभिभावक ७९ जना गरि कुल १९५ जनाको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा कर्जाको महत्त्व, सदुपयोगयता, व्यावसायिक ज्ञान, वित्तीय साक्षरता, बचतको महत्त्व, सफल उद्यमी कसरी बन्ने डिजिटल प्राविधिक कसरी प्रयोग गर्ने आदि कुराहरूको बारेमा प्रशिक्षण दिइएको थियो ।
यस्तै वित्तीय संस्थाका सामाजिक उत्तरदायित्व तथा ग्राहक संरक्षण विभागीय प्रमुख तारा नाथ महतो, प्रदेश प्रबन्धक रामनाथ महतो अनुगमन प्रमुखहरू टेक राज पन्त, सञ्जयराज विष्ट, सूचना प्राविधिक सहायक रुपेश अर्याल, शाखा प्रबन्धक राजेश प्रसाद कुशवाहा र गढवा शाखाका शाखा प्रबन्धक देवानन्द गुप्ता , राजपुर शाखाका शाखा प्रबन्धक जय कुमार महतो र भालुवाङ्ग शाखाका कर्मचारीहरूले कार्यक्रमलाई सहजीकरण गरी कार्यक्रमलाई सफलता पूर्वक सम्पन्न गरेका थिए ।