भूमिकास्थान नगरपालिकाको कडा सूचना : सार्वजनिक स्थल अतिक्रमण गरे कारबाही हुने

अर्घाखाँची ।  भूमिकास्थान नगरपालिकाले सार्वजनिक स्थलमा राखिएका निर्माण तथा अन्य सामग्री हटाउन सम्बन्धित सबैलाई आग्रह गर्दै सूचना जारी गरेको छ।

नगरपालिकाले सडकका दायाँबायाँ किनारा, चौक, खुला क्षेत्र, बजार तथा अन्य सार्वजनिक स्थानहरूमा अनधिकृत रूपमा काठ, दाउरा, निर्माण सामग्री तथा व्यापारिक सामान राखेर आवागमनमा अवरोध सिर्जना भइरहेको भन्दै गुनासो बढेको जनाएको छ।

नगरप्रमुख झविलाल थापाद्वारा हस्ताक्षर गरिएको सूचनामा घर तथा पसल अगाडि, सडक छेउछाउमा राखिएका अनावश्यक सामग्री तत्काल हटाउन अनुरोध गरिएको छ। नगरपालिकाले यस्तो कार्यले सार्वजनिक यातायात तथा सर्वसाधारणको दैनिक आवागमनमा समस्या उत्पन्न गरेको उल्लेख गरेको छ।

नगरपालिकाले जारी गरेको सूचनालाई बेवास्ता गरी सार्वजनिक सडक तथा क्षेत्रमा सामग्री राखी अवरोध गरे कानुनअनुसार कारबाही गरिने चेतावनी समेत दिएको छ।

खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

© 2026 Lumbini Daily All right reserved Site By : Himal Creation