राप्ती गाउँपालिका दाङ द्वारा माघ ३ गते माघी पर्वको सार्वजनिक विदा

देउखुरी । दाङको राप्ती गाउँपालिकाले माघी (माघे संक्रान्ति) पर्वको अवसरमा माघ ३ गते बुधबार सार्वजनिक बिदा दिएको छ।

पालिकाले थारु तथा मगर समुदायहरुले विशेष पर्वको रुपमा मनाउने उक्त पर्वको अवसरमा राप्ती गाउँपालिका र मातहतका कार्यालयहरुमा सार्वजनिक बिदा दिएको एक सुचना जारी गरि जानकारी गराएको छ ।

पालिका क्षेत्रमा थारु र मगर समुदायले माघी पर्वलाई विशेष पर्वका रुपमा मनाउने गरेका छन् ।

गाउँ कार्यपालिकाकाे निर्णय अनुसार विदा दिएको पालिकाका अध्यक्ष प्रकाश विष्ट द्धारा जारी सुचनामा उल्लेख छ ।

यसैबिच साे पर्वको अवसरमा माघ १ गते नेपाल सरकार र २ गते लुम्बिनी प्रदेश सरकार द्धारा प्रदेश भर सार्वजनिक बिदा दिएकाे छ

खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

© 2025 Lumbini Daily All right reserved Site By : Himal Creation