दाङमा बस दुर्घटनामा १२ जना घाइते

दाङ- दाङको तुलसीपुरबाट नेपालगञ्ज जाँदै गरेको यात्रुवाहक बस मंगलबार बिहान बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित महेन्द्र राजमार्गमा दुर्घटना हुँदा १२ जना घाइते भएका छन्।

ना ५ ख ६४४९ नम्बरको बस राप्तीसोनारी गाउँपालिका–१ कुसुममा सडकबाट ८० मिटर तल खसेर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक पबिन्द्र बमले जानकारी दिए।

उनका अनुसार दुर्घटनामा घाइतेमध्ये दाङ तुलसीपुरकी आशा बस्नेत, कोहलपुर नगरपालिका-११ की जानकी पुन र बसका सहचालक राप्तीसोनारी गाउँपालिका-३का भीमबहादुर बस्नेतलाई उपचारका लागि शिक्षण अस्पताल कोहलपुर पुर्‍याइएको छ। तीव्र गतिमा रहेका कारण दुर्घटना भएको हुनसक्ने प्रहरी निरीक्षक बमले जानकारी दिए। –रासस

खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

© 2025 Lumbini Daily All right reserved Site By : Himal Creation