स्वर्गद्वारीबाट फर्किँदै गरेको जिप दुर्घटना, ८ को मृत्यु

स्वर्गद्वारी दर्शन गरी फर्किएकाहरु चढेको जीप दुर्घटना भएको छ। लु १ च ६३४५ नम्बरको जीप दुर्घटना भएको हो। दुर्घटनामा ८ जनाको मृत्यु भएको प्युठानबाट राजु आचार्यले बताएका छन् । आचार्यका अनुसार ८ जनाको शव एउटै एम्बुलेन्समा बिजुवार अस्पताल ल्याइदै छ ।

उक्त गाडीमा ८ जना रहेका थिए । गाडी चालक लमही नगरपालिका ५ का तारा कुमाल रहेको बुझिएको छ।

मृत्यु हुनेमा २ जना महिला, २ जना पुरुष र ४ जना बालबालिका रहेका छन्। उनिहरु सबै लमहीका हुन सक्ने प्रहरीले जनाएको छ । घटनामा मृत्यु भएकाको प्रहरीले पुष्टि गरिसकेको छैन । घटनाको थप विवरण आउँन बाकी रहेको छ ।

खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

© 2025 Lumbini Daily All right reserved Site By : Himal Creation