
दाङ–ऐरावती आदर्श बहुमुखी क्याम्पस लालमटीयामा अखिलको प्यानल निर्वाचित भएको छ ।सभापतिमा बिष्णा भण्डारी(संगिता) १३ मतले निर्वाचित भएकी छिन् । उनले १३३ मत प्राप्त गरिन ।नेपाल विद्यार्थी सङ्घका भुवन भट्टराई ले १२० मत प्राप्त गरे । सभापतिमा विनोदकुमार सोनीले ११४ र मनोज थापाले २९ मत प्राप्त गरे ।
सचिवमा अखिल प्यानलका अशोक खनालले १७५ मत प्राप्त गरेका छन् । नेपाल विद्यार्थी सङ्घका अरुण पौडेलले १०२, केशवराज खनालले २४ र आकाश केसीले ९५ मत प्राप्त गरेका छन् ।
कोषाध्यक्षमा अखिलकै टिकाराम रावतले २५८ मत प्राप्त गरेर निर्वाचित भए ।रेजिना कुमालले ९४, सिमरन पोख्रेलले ४५ मत प्राप्त गरिन ।
सदस्यमा अखिल संयुक्तकै सिद्धार्थ सुवेदीले १९६, माया कुमालले १९९, फरिदा प्रविनले १८१, निमराज गौतमले २१६ र विवेक घर्ती मगरले १८५ मत लिई निर्वाचित भएका छन् ।