निर्वाचन आचारसंहितामा कडाइ हुन्छ : निर्वाचन अधिकृत कोइराला

बुटवल । रुपन्देहीमा निर्वाचन आचारसंहिता पूर्णरुपमा लागू गर्न सरोकारवालाहरुले प्रतिवद्धता जनाएका छन् । रुपन्देहीमा रहेका विभिन्न राजनीतिक दलहरुले निर्वाचन आयोगले जारी गरेको आचारसंहितालाई पालना गर्ने प्रतिबद्धता जनाउँदै कतै उल्लंघन भएका कारबाहीको भागिदार हुने बताएका छन् ।

आज (आइतबार) रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेशले भैरहवामा आयोजना गरेको शान्त, स्वच्छ र निष्पक्षको लागि हाम्रो अभियान विषेयक साक्षात्कारमा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै रुपन्देहीका मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश कृष्ण कोईरालाले जिल्लामा आचारसंहिताका उजुरी खासै ठूला नआएको र सामान्य किसिमका आएकाले दलहरुलाई बोलाएर सम्वादका मार्फत सुल्झाएको बताउनु भयो ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले निर्वाचनलाई भयरहित बनाउनका लागि जिल्लामा चारै तहका सुरक्षा निकायहरुलाई सतर्क बनाएको उल्लेख गर्दै,आगामी निर्वाचनलाई बहिष्कार गर्न घोषणा गरेका दलहरुको प्रभाव जिल्लामा शून्य पार्ने भएकाले ढुक्क भएर मतदान गर्न आह्वान गर्नु भयो ।

प्रमुख जिल्ला अधिकारी पाण्डेले रुपन्देहीमा १ हजार ७ सय जनपथ प्रहरी, सशस्त्र प्रहरी ८ सय ८८, म्यादी प्रहरी १ हजार ३ सय ९५, ८ हजारभन्दावढि कर्मचारी र सेनालाई आवश्यकता अनुसार प्रयोग गरिने जानकारी गराउनु भयो ।

जिल्लामा २ सय १३ मतदान स्थल, ७ सय ६ बुथ केन्द्र तोकिएको छ । कार्यक्रममा नेकपा (एमाले)का जिल्ला अध्यक्ष तेजेन्द्र केसीले निर्वाचन आयोगले जारी गरेको आचारसंहितालाई आफ्नो पार्टीले विशेष ध्यान बताउँदै हालसम्म आचारसंहिता पूर्णरुपमा पालना गरेको दावी गर्नुभयो ।

खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

© 2025 Lumbini Daily All right reserved Site By : Himal Creation