कर्णाली नदीले पार गर्‍यो खतरा तह, टीकापुरमा बाँध फुटेर बस्तीमा पानी

कैलाली – लगातार पाँच दिनदेखि परिरहेको वर्षाका कारण कर्णाली नदीले खतराको तह पार गरेको छ । गेजरिडर पार्वती गुरुङ्गले दिएको जानकारी अनुसार साझ ७:३० बजे गरिएको मापनमा कर्णाली नदीमा पानीले खतराको सतह पार गरेको हो । आइतबार साझ ७:३० बजे गरिएको मापनमा कर्णाली नदीको चिसापानी क्षेत्रमा पानीको सतह ११ दशमलव ७२५ मिटर मापन गरिएको छ ।

गुरुङ्गका अनुसार १० मिटरलाई सचेत मानिन्छ भने १०.८० मिटरलाई खतराको सतह मानिन्छ । टीकापुर नगरपालिका-५ शाहीपुरमा कर्णालीको बाँध फुटेर पानी बस्तीमा प्रवेश गरेको छ ।

त्यस्तै जानकी गाउपालिका ९ को ख़ैरिफाटा नजिक र पाताभार स्कूल नाजिककै बाँध समेत फूट्न लागेको बताइएको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले टीकापुरमा करिब ४५० घर परिवारलाई सुरक्षित स्थानमा सरिएको बताउदै स्थानीय एफएमबाट र माईकिंगबाट सचेत रहन अपील गरिएको बताए । उनले जानकीमा करिब १० घरधुरी सुरक्षित स्थानमा सारिएको बताउदै पानी रोक्ने काम भैरहेको बताए ।

खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

© 2025 Lumbini Daily All right reserved Site By : Himal Creation