
जगत खनाल, देउखुरी
प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनमा दाङ क्षेत्र नं. १ मा २७ जनाको मनोनयन दर्ता भएको छ । राजनीतिक दल र स्वतन्त्र गरी २७ जनाको मनोनयन दर्ता भएको हो ।
गठबन्धनबाट एकिकृत समाजवादीका नेता तथा सहरी विकास मन्त्री मेटमणी चौधरीले मनोनयन दर्ता गराएका छन् । क्षेत्र नं. १(क)मा नेकपा माओवादी केन्द्रबाट इन्द्रजीत थारु र १(ख)मा नेपाली कांग्रेसका अनुराग खड्काको मनोनयन दर्ता भएको छ ।
नेकपा एमालेबाट प्रतिनिधि सभा सदस्यमा शान्ता चौधरीको उम्मेदवारी दर्ता भएको छ । प्रदेश १(क)मा गंगाराम भट्टराई र १(ख)मा कुलबहादुर केसीको उम्मेदवारी दर्ता भएको छ । यस्तै नागरिक उन्मुक्ती पार्टीबाट सुरेन्द्र चौधरीले प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् ।
प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेस विपीबाट अशोक खड्का, हाम्रो नेपाली पार्टीबाट गंगा चौधरी(सत्गौवा), नेपाल मजदुर किसान पार्टीबाट गणेश भक्त खर्बुजा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट देवराज पाठकको उम्मेदवारी दर्ता भएको छ । यसैगरी लोकतान्त्रीक समाजवादी पार्टी नेपालबाट प्रतिमा बुढामगर, संघिय लोकतान्त्रीक राष्ट्रिय मञ्च थरुहटबाट रुक्मिणि चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लिली बुढाथोकी, मंगोल नेशनल अर्गनाईजेसन पार्टीबाट शोभाराम बुढा र स्वतन्त्रबाट चन्द्रमणी न्यौपानेको मनोनयन दर्ता भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं. १(क) मा नेकपा एमालेबाट गंगाराम भट्टराई, नेकपा माओवादी केन्द्रबाट इन्द्रजीत थारु, जनतासमाजवादी पार्टीबाट जगतराम यादव, मंगोल अर्गनाइजेसन पार्टीबाट खुमबहादुर गाहा मगर, हाम्रो नेपाली पार्टीबाट टंकबहादुर बिष्ट, नेकतान्त्रीक समाजवादी पार्टी नेपालबाट दामोदर चौधरी, राष्ट्रिय जनमोर्चाबाट महेशचन्द्र रिजाल, राष्ट्रिय पर्जातन्त्र पार्टीबाट मानबहादुर चन्द, नागरिक उन्मुक्ती पार्टीबाट रञ्जित चौधरीको मनोनयन दर्ता भएको छ ।
प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं. १(ख) मा नेकपा एमालेबाट कुलबहादुर खत्री क्षेत्री, नेपाली कांग्रेसबाट अनुराग खड्का, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गोरखबहादुर केसी, मंगोल नेशनल अर्गनाइजेसनबाट टिकलाल चौधरी, नागरिक उन्मुक्ती पार्टीबाट भक्तिराम चौधरी, लोकतान्त्रीक समाजवादी पार्टी नेपालबाट राजकुमार विश्वकर्माको मनोनयन दर्ता भएको निर्वाचन अधिकृत मानबहादुर बिष्टले जानकारी दिएका छन् ।