ट्र्याक्टरबाट लडेर पाँच वर्षीय बालकको मृत्यु

वीरगञ्ज – पर्सामा ट्र्याक्टरबाट लडेर एक बालकको मृत्यु भएको छ।

शुक्रबार बिहान ९ बजे वीरगञ्ज–२१ स्थित ताजपुरमा ना ३ त १४३६ नम्बरको ट्र्याक्टरबाट खसेर सोही स्थानका पाँच वर्षीय बालक सुशील पासवानको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका बालकको उपचारको लागि वीरगञ्ज ल्याउने क्रममा बाटोमै मृत्यु भएको पर्साका प्रहरी प्रवक्ता दीपक गिरीले जानकारी दिए।

ट्र्याक्टर चालक वीरगञ्ज–२१ बस्ने सुनील यादव भने फरार छन्। उनको खोजी कार्य भइरहेको तथा ट्र्याक्टरलाई नियन्त्रणमा लिइएको गिरीले बताए।

खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

© 2025 Lumbini Daily All right reserved Site By : Himal Creation