गोठाटारमा गोली लागेका व्यक्तिको अस्पतालमा मृत्यु

काठमाडौं । काठमाडौंको गोठाटारमा गोली लागेर घातइे भएका व्यक्तिको उपचारको क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा सर्लाहीका लाल अहमद छन्। सोमबार साँझ मोटरसाइकलमा आएको अज्ञात समूहले उनीमाथि गोली प्रहार गरेको थियो।

४ गोली लागेका उनको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। उनी गार्मेन्ट सञ्चालक रहेको बताइएको छ।

गोली कसले चलायो भन्ने खुलेको छैन। गोली प्रहार गरेपछि फरार रहेका व्यक्तिको खोजी भइरहेको छ। पल्सर मोटरसाइकलमा आएका अज्ञात समूहले गोली चलाएका थिए। त्यसपछि उनीहरू मोटरसाइकलमा नै फरार भएकाले खोजी भइरहेको प्रहरीले जनाएको छ।

खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

© 2025 Lumbini Daily All right reserved Site By : Himal Creation