
भालुवाङ २ असोज । दाङको प्युठान- भालुवाङ सडक खण्डको बगासोतीमा अवरुद्ध सडक एकतर्फी सुचारू भएको छ ।
३ दिन देखि परेको अविरल वर्षाले १ वर्ष अगाडि भाँसिएको सडक अझ भाँसिए पछि आज विहानै देखि अवरुद्ध सडक दिउँसो करिव १ बजे एकतर्फी सुचारू भएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरिक्षक सुजनविक्रम शाहले जानकारी दिएका छन् ।
भाँसिएको सडकमा ट्रक फसेर अवरूद्व सडक खुलाउन विहानै देखि प्रहरी, सडक डिभिजन कार्यालय र जनप्रतिनिधि लागेका थिए । सडक अवरुद्ध हुँदा भालुवाङ देखि प्युठान जाने गाडी र प्युठान देखि भालुवाङ आउने गाडी र यात्रु बीच बाटोमै अलपत्र परेका थिए ।
सडक भाँसिएको १ वर्ष भइसकेको छ । तर यो सडक बन्ने परको कुरा हो सामान्य मर्मत समेत गरिएको छैन । सडक भाँसिएर मर्मत नहुँदा दुर्घटनाको जोखिम समेत बढेको छ ।
पुन सडक भाँसिएर मर्मत नहुँदा पुन सडक भाँसिएर सवारी साधानहरुलाई आवात जावतमा निकै सास्ती खेस्नु परेको छ । राप्ती नदि माथीबाट पहाडसँगै सडक भाँसिएको छ ।
यही सडक भएर दैनिक सयौंको संख्यामा भारतीय तिर्थालुहरु स्वर्गद्धारी दर्शन गर्न जाने गरेका छन् । तर सडक भाँसिएको १ वर्षसम्म पनि मर्मत हुन सकेको छैन ।