गैरीगाउँमा एक युवक मृत फेला

काठमाडौँ – काठमाडौँको गैरीगाउँमा एक युवककाे शव फेला परेको छ। आइतबार बिहान गैरीगाउँमा अन्दाजी २९/३० वर्षीय एक युवककाे शव फेला परेको हाे।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार टाउकाेमा चाेट लागेकाे अवस्थामा सडकमुनि उक्त शव फेला परेकाे हाे।

शव फेला परेपछि घटनास्थलमा परिसर, काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत्त गौशालाबाट प्रहरीको टोली खटिएको थियो। घटनाको अनुसन्धान भइरहेकाे प्रहरीले जनाएको छ।

खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

© 2026 Lumbini Daily All right reserved Site By : Himal Creation