
धादिङ । पछिल्लो समय सामाजिक सञ्जाल देखी युट्युब सम्म सबैतिर भाइरल भएकी ११ वर्षीय बालिका कमला घिमिरे लोकप्रिय कार्यक्रम इन्द्रेणीमा आउने भएकी छिन् । कार्यक्रम प्रस्तोता कृष्ण कँडेलले सञ्चालन गर्दै आएको कार्यक्रम इन्द्रेणीमा उनी आउने भएकी हुन् । कमलाको एकदमै ठुलो चाहाना छ इन्द्रेणीमा आउने । उसो त उनको चाहाना पुरा हुने भएको छ । उक्त चाहना उनि संगै भाइरल भएका गायक तथा पत्रकार अमृत सापकोटा र पत्रकार कमल सरगमले गर्ने भएका छन। कृष्ण कँडेलले साथ दिने भएपछि उनी काठमाडौँ जाने भएकी हुन् ।
कँडेल सँगै कमलाले पनि लाइभ दोहोरी गाउने भएकी हुन् ।उनको आवाजमा यो समय लाखौँ दर्शक झुमिएका छन्।आवाज मात्रै हैन उनले सहजै दोहोरी फर्काउने भएर पनि होला अहिले उनलाई सर्वत्र खोजिरहेका छन् दर्शकले।यो समय उनको खोजी हुँदै गर्दा अब उनको गीत कस्तो होला भन्ने प्रश्न पनि उठ्न थालेको छ।
हेरौँ यो दोहोरी पनि :