आशाका किरण संस्थाको नयाँ कार्य समिति गठन

राप्ती -१ दाङ । बिगत लामो समयदेखी सामाजिक कार्यमाअग्रसर आशाका किरण संस्थाको दोस्रो साधारण सभाले नयाँ कार्य समिति भेला बाट चयन गरेको छ ।

जसको अध्यक्ष :अशोक बेल्वासे, वरिष्ठ उपाध्यक्ष : दिवस आचार्य, उपाध्यक्ष : माधव खनाल, महासचिव : लोकमणी भुसाल (लोकु), सचिव : थमन राना, कोषाध्यक्ष : श्रीधर जि सि, सह-कोषाध्यक्ष : ऋषि खनाल, सदस्यहरूमा: दीपेश आचार्य
,अस्मिता अधिकारी रहनुभएको छ ।

संस्थापक अध्यक्ष सुर्य किरण के.सी ज्यूलाई सल्लाहकारको भूमिका राख्ने र आगामी दिनमा मार्गदर्शन गर्ने गरी भूमिका रहने कुरा नव निर्वाचित अध्यक्षले गर्नु भयो। आज नयाँ कार्यसमितिको बैठक बसी यस राप्ती गाउँपालिका भित्र रहेका सामाजिक समस्याको उठान र समाधानको लागि सम्बन्धित निकायलाई आवश्यक पहल गर्ने निर्णय भएको र समाज रुपान्तरणको समवाहक बनेर सबैको साथ सहयोगले अघि बढ्ने कुरा नवनिर्वाचित कार्यसमितिका अध्यक्ष अशोक बेल्बासेले जानकारी गराउनु भयो ।

 

खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

© 2025 Lumbini Daily All right reserved Site By : Himal Creation