गाडीको आवाजले भड्किएपछि अर्घाखाँचीमा पाँच बाख्रा हराए, भेटाउनेलाई १० हजार पुरस्कार

अर्घाखाँची । जिल्लाको भुमिकास्थान नगरपालिका- २ बास्टारी निवासी ठग बहादुर खत्रीका पाँच वटा बाख्रा हराएका छन्। हराएका बाख्रामध्ये तीन वटा बोका र दुई वटा माउ बाख्रा रहेका छन्। बाख्राहरू रातो–खैरो रंगका रहेको जनाइएको छ।

परिवारका अनुसार २०८३ जेठ ८ गते शुक्रबार बिहान करिब ७:४५ बजे साजाकोट्टा-भलाटारी जाने कुलाको बाँध (द्वारेखोला) नजिक गाडीको आवाजले भड्किएपछि बाख्रा हराएका हुन्।

हराएपछि स्थानीयवासी र परिवारले लगातार तीन दिनसम्म दर्गा, कमेरपानी जंगल तथा आसपासका क्षेत्रमा खोजी कार्य गरे पनि हालसम्म कतै फेला परेका छैनन् ।

बाख्रा मालारानी, बाँजाखर्क, बाम्रुक, दिउरालीखोला, लेवंसे, चेन्डाँडा, झाँक्रिसाला तथा ठुलाखर्क आसपासका क्षेत्रमा गएको हुन सक्ने अनुमान गरिएको छ।

हराएका बाख्रा भेटाउने वा जानकारी दिने व्यक्तिलाई नगद रु १० हजार पुरस्कार प्रदान गरिने परिवारले जनाएको छ।

खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

© 2026 Lumbini Daily All right reserved Site By : Himal Creation