ढिकुरा इन्भेस्टमेन्ट प्रा.लि.को वार्षिक साधारणसभा बुटवलमा सम्पन्न

अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका अन्तर्गत साविक ढिकुरा गाविसका स्थानीय बासिन्दाहरूको संयुक्त लगानीमा स्थापित “ढिकुरा इन्भेस्टमेन्ट प्रालिको” वार्षिक साधारणसभा शनिबार बुटवलमा सम्पन्न भएको छ।

सभापति रामप्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न उक्त सभामा कम्पनीको अध्यक्षीय प्रतिवेदन प्रस्तुत गरिएको थियो। हाल कम्पनीमा ४२ जना सेयर सदस्य रहेका छन् भने कम्पनीको चुक्ता पुँजी ७८ लाख रुपैयाँ रहेको जानकारी दिइयो। सभामा आगामी वर्षभित्र चुक्ता पुँजी १ करोड रुपैयाँ पुर्‍याउने लक्ष्य लिइएको पनि जानकारी गराइयो।

सभामा कम्पनीको आर्थिक प्रतिवेदन मदन मरासिनीले प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा नेत्रप्रसाद घिमिरेले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन गोविन्द पोख्रेलले गर्नुभएको थियो।

कार्यक्रमको समन्वय तथा व्यवस्थापन गोविन्दप्रसाद घिमिरे र मनोज पोख्रेलले गर्नुभएको थियो। सभामा सेयर सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो।

खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

© 2026 Lumbini Daily All right reserved Site By : Himal Creation