राप्ती गाउँपालिकामा सेवा निवृत्त तथा सरुवा भएका कर्मचारीलाई बिदाइ तथा फेरि भेटौँला कार्यक्रम

मसुरिया, २६ मंसिर । दाङको राप्ती गाउँपालिकाले सेवा निवृत्त तथा सरुवा भएका कर्मचारीहरूलाई शुक्रबार एक कार्यक्रमका बीच बिदाइ तथा ‘फेरि भेटौँला’ कार्यक्रम सम्पन्न गरेको छ।

अनिवार्य अवकाश प्राप्त गरि सेवा निवृत्त हुनुभएकी महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख जीवन कुमारी जिसी, स्वेच्छिक अवकाश लिनुभएका लालमटिया स्वास्थ्य चौकी भालुबाङका सिनियर अहेब हिमा मरासिनी तथा राप्ती आधारभूत अस्पताल कालापानीबाट सरुवा भई गोबरडिया स्वास्थ्य चौकी गढवामा जानुभएका जनस्वास्थ्य निरीक्षक नीमबहादुर राउतलाई पालिकाले बिदाइ तथा ‘फेरि भेटौँला’ गरेको हो।

सो अवसरमा गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट, उपाध्यक्ष कमलापति चौधरी, प्रमुख प्रशासकीय अधिकृत देविराम पाठक लगायत जनप्रतिनिधि तथा कर्मचारीहरूले टीका, फूलमाला र सम्मानपत्र प्रदान गर्दै तीनै जनाको समर्पित सेवाप्रति आभार व्यक्त गर्नुभयो। साथै उहाँहरूले कर्मचारीहरूले आफ्नो कार्यकालमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै सेवा निवृत्त जीवन तथा नयाँ कार्यक्षेत्रमा सफलताको शुभकामना व्यक्त गर्नुभयाे।

खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

© 2026 Lumbini Daily All right reserved Site By : Himal Creation