उत्तर वेलवास टोल विकास संस्थाको दशौँ साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न

रुपन्देही । उत्तर वेलवास टोल विकास संस्था, बुटवल–१३ वेलवासको दशौँ साधारण सभा तथा चौथो अधिवेशन वेलवासस्थित नमस्ते पार्टी प्यालेस को सभाहलमा सफलतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि बुटवल उपमहानगरपालिका–१३ का वडा सदस्य श्री लालबहादुर गुरुङ रहनुभएको थियो। भानुपथ, जनकल्याण, प्रगतिपथ र वेलवास टोल विकास संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरू अतिथिका रूपमा उपस्थित थिए।

कार्यक्रममा मिलीजुली आमा समूहकी अध्यक्ष जुना खनाल, वेलवास सचेत समूहका अध्यक्ष दिपक वेल्वासे, तथा उत्तर वेलवास बाल क्लबका अध्यक्ष विश्वास न्यौपाने ले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

यसबाहेक संस्थाका वरिष्ठ सल्लाहकार केशवती पौडेल, वरिष्ठ सल्लाहकार शिवलाल उपाध्याय, निवर्तमान अध्यक्ष तथा सल्लाहकार नमकला वेल्वासे, र सल्लाहकार संयोजक पूर्णबहादुर कार्की ले पनि कार्यक्रमलाई शुभकामना मन्तव्यद्वारा सम्बोधन गरेका थिए।

कार्यक्रमको स्वागत मन्तव्य उपाध्यक्ष गिता खनाल बन्जाडे ले राख्नुभएको थियो। वार्षिक कोष प्रतिवेदन कोषाध्यक्ष निर्मला श्रेष्ठ ले प्रस्तुत गर्नुभएको थियो भने लेखा समितिको प्रतिवेदन लेखा संयोजक सृष्टि आचार्य ले पेश गर्नुभएको थियो।

कार्यक्रमको अध्यक्षता संस्था अध्यक्ष विष्णा गौतम ज्ञवाली ले गर्नुभएको थियो भने सञ्चालन सचिव श्रीधर वेल्वासे ले गरेका थिए।

अधिवेशनले गिता खनाल बन्जाडेको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति तथा लेखा समिति संयोजकसहितका सदस्यहरूलाई सर्वसम्मतरूपमा चयन गरेको छ।

 

खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

© 2026 Lumbini Daily All right reserved Site By : Himal Creation