छोराको जन्मउत्सवको उपलक्ष्यमा बिमा पोलिसी उपहार

छोराको जन्मदिनको उपलक्ष्यमा तिलोत्तमा,२ जानकिनगर निवासि  बाबू बिष्णु कुमार बिष्ट र आमा दिप किरण बस्नेतले छोरा हिर्दयन्स सिंह बिष्टको जन्मदिन्को उपलक्ष्यमा ५० लाख बराबरको सुरक्षा हुने गरि महालक्ष्मी लाइफ इस्यूरेन्स बुुटवल शाखामा विमा पाेलिसि गराउनुभएकाे छ ।

बस्नेतले बुधबार महालक्ष्मी लाइफ इन्स्याेरेन्स बुटवल शाखामा छोरा हिर्दयन्स सिंह बिष्टलाई १ करोड २५ लाख बराबरको सुरक्षा गर्ने गरि उपहार स्वरुप बिमा पाेलिसि हस्तान्तरण गर्नुभएकाे हाे ।

किरणले छोरालाई सातौ जन्मउत्सवमा उपहार स्वरुप महालक्ष्मी जीवन हेरचाह विमा पोलीसी उपहार दिएकी हुन ।

जन्मदिन, विवाह जस्ता शुभ दिनहरुमा परम्परागत प्रणाली अनुसार सुन, चाँदी, हार जस्ता बहुमुल्य चिजहरु उपहार दिने प्रचलनलाई तोड्दै पछिल्लो समय विभिन्न उत्सवहरुमा बीमा पोलिसी उपहारको रुपमा दिने प्रचलन बढदै गएको छ ।

महालक्ष्मी लाइफ इन्स्योरेन्स बुुटवल शाखामा समेत पछिल्लो समय यस्ता पोलीसी बनाउनेक्रम बढेको बुटवल शाखाका शाखा प्रमुख सागर घिमिरेले जानकारी दिनुभयाे ।

कुनै पनि उत्सव वा बिशेष अवसर पारेर बिमा पोलिसी उपहार दिने कामले भविष्यको सुरक्षामा ठूूलो योगदान गर्ने भन्दै यसलाई संस्काकार रुपमा लैजानुुपर्ने विमा अभियान्ताहरु बताउछन ।

खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

© 2025 Lumbini Daily All right reserved Site By : Himal Creation