गढवामा असार ३ गतेदेखि कृषि, पर्यटन र व्यापार महोत्सव सुरु हुँदै

देउखुरी — गढवा उद्योग वाणिज्य संघको आयोजनामा दाङको गढवामा आगामी असार ३ गतेदेखि १२ गतेसम्म ‘प्रथम गढवा कृषि, पर्यटन, सांस्कृतिक तथा व्यापार मेला २०८२’ सञ्चालन हुने भएको छ। ‘स्थानीय उत्पादन, समृद्ध पालिका– उद्योग, पर्यटन र व्यवसाय: समृद्धिको मेरुदण्ड’ भन्ने मूल नारासहित जनता माध्यमिक विद्यालयको खेल मैदानमा आयोजना हुने महोत्सवमा करिब ६० हजार दर्शकको सहभागिता अपेक्षित गरिएको छ।

महोत्सवमा कृषि, पशु, माटोका भाँडाकुँडा, गड्यौला मल, हस्तकला प्रर्दशनी तथा गढवा–राजपुरका पर्यटन स्थलबारे जानकारी कक्ष रहनेछ। स्थानीय उत्पादनको बजारीकरण र आर्थिक सशक्तिकरण महोत्सवको उद्देश्य रहेको संयोजक ओम बस्यालले बताए।

महोत्सवबाट संकलित आम्दानीबाट व्यवसायिक सुरक्षा कोष, सिसी क्यामेरा, सडक बत्ती र फोहरमैला व्यवस्थापनका डस्टबिन जडान गरिनेछ। महोत्सव अवधिभर राष्ट्रिय तथा स्थानीय कलाकारका सांगीतिक प्रस्तुती, नृत्य प्रतियोगिता तथा विभिन्न जातजातिको झाँकी प्रर्दशनसमेत गरिनेछ। प्रवेश शुल्क प्रति व्यक्ति रु. १०० तोकिएको छ भने जेष्ठ नागरिक तथा अपाङ्गता भएकाहरूका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले जनाएको छ।

खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

© 2025 Lumbini Daily All right reserved Site By : Himal Creation