राप्ती पुलमा ट्रक ठुलो दुर्घटना हुनबाट बच्यो, पुलमा क्षेती

देउखुरी । दाङको भालुवाङ स्थित राप्ती पुल माथी ट्रक ठुलो दुर्घटना हुनबाट बचेको छ । आज विहान करीब ७ः३० बजेको समयमा ट्रक दुर्घटनामा परेको हो । नेपालगंजबाट कपिलवस्तुको चन्द्रौटा तर्फ जादै गरेको लु १ ख ७२६४ नं. ट्रकको पट्टा भाचिदा दुर्घटनामा परेको अस्थाई ट्राफिक प्रहरी पोष्ट भालुवाङले जनाएको छ । ट्रकको अगाडीका २ बटै पट्टा भाचिदा अनियन्त्रीत भई दुर्घटनामा परेको थियो ।

ट्रक पुलको रेलिङ्गमा ठोक्किएपनि पुलबाट तल खस्नबाट भने बचेको छ । ट्रकको दुर्घटनाबाट राप्ती पुलको पूर्वतर्फको रेलीङ समेत भाचिएको छ । ट्रकमा चालक र सह चालक मात्र रहेको थिए । उक्त स्थानमा गत माघ महिना नेपालगंजबाट काठमाडौं जादै गरेको बस दुर्घटनामा पर्दा १२ जनाको ज्यान गएको थियो ।

 

खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

© 2025 Lumbini Daily All right reserved Site By : Himal Creation