राप्ती गाउँपालिकाद्वारा एग्रोभेट पसलहरूको आकस्मिक अनुगमन

मसुरिया,१७ बैशाख । दाङको राप्ती गाउँपालिकाले गाउँपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका विभिन्न एग्रोभेट पसलहरूको बिहीबार आकस्मिक अनुगमन गरेको छ। गाउँपालिकाका उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक कमलापति चौधरीको नेतृत्वमा सम्पन्न उक्त अनुगमन गरिएको हो।

अनुगमनका क्रममा नेपाल सरकारकाे सूचीकृत सूचीमा नपरेका धानका बीउहरू विक्री तथा वितरण भइरहेको भन्ने स्थानीय कृषकहरूको गुनासो प्राप्त भएपछि सो विषयको सत्यतथ्य बुझ्न र गुणस्तरीय बीउको सुनिश्चितता गर्न अनुगमन गरिएको कृषि विकास शाखा प्रमुख बरसाती गडरियाले जानकरी दिनुभयो। अनुगमन टोलीले विभिन्न पसलहरूमा विक्री भइरहेका धानका बीउ, तिनको गुणस्तर, लेबलिङ, दर्ता स्थिति लगायतका विषयमा स्थलगत निरीक्षण गरेको थियो।

गाउँपालिकाले कृषकलाई गुणस्तरीय तथा प्रमाणित बीउबिजन उपलब्ध गराउने उद्देश्यले यस्ता अनुगमन कार्यलाई निरन्तरता दिने जनाएको छ। साथै, नियम विपरीत कार्य गर्ने व्यवसायीलाई कानुनी दायरामा ल्याइने जनाएको छ।

खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

© 2026 Lumbini Daily All right reserved Site By : Himal Creation