समाचार

भूमिकास्थानमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा र औषधि वितरण हुने

अर्घाखाँची ।   भूमिकास्थान नगरपालिकामा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले बृहत् स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। नगरपालिकाका अनुसार चैत २७ गते ढाकावाङ्ग स्वास्थ्य चौकीमा सञ्चालन हुने शिविरमा विभिन्न रोगका विशेषज्ञ चिकित्सकहरूद्वारा सेवा प्रदान गरिनेछ। उक्त...

पुरा पढ्नुहोस
भूमिकास्थान नगरपालिकाको कक्षा ८ नतिजा निराशाजनक: शिक्षामा लगानी ‘बालुवामा पानी’ जस्तै

अर्घाखाँची ।      जिल्लाको भूमिकास्थान नगरपालिकामा कक्षा ८ को हालै सार्वजनिक नतिजाले शिक्षा क्षेत्रको वास्तविक अवस्था उजागर गरेको छ। नगरपालिकाभरिका विद्यालयहरूको समग्र तथ्यांक अनुसार ४५८ जना विद्यार्थीमध्ये मात्र ९४ जना उत्तीर्ण भएका छन् भने ३६४ जना अनुत्तीर्ण...

पुरा पढ्नुहोस
ढाकावाङ्ग–रुपन्देही समाजद्वारा बुटवलमा नववर्ष २०८३ को शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन

बुटवल ।  अर्घाखाँची ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजले सोमबार बुटवलमा नववर्ष २०८३ को पूर्वसन्ध्यामा शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रमको उद्घाटन भूमिकास्थान–रुपन्देही सम्पर्क समाजका अध्यक्ष लक्ष्मण बेलवासेले गर्नुभएको थियो। उद्घाटन गर्दै बेलवासेले...

पुरा पढ्नुहोस
अर्घाखाँचीको विकासमा दलगत राजनीति भन्दा माथि उठेर अघि बढ्ने सांसद हरिप्रसाद भुसालको प्रतिबद्धता

बुटवल । अर्घाखाँचीबाट निर्वाचित सांसद हरिप्रसाद भुसालले जिल्लाको समग्र विकास निर्माणका लागि दलिय आग्रह र पूर्वाग्रह त्यागेर सबै अर्घाखाँचीबासीको साझा सेवकका रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। शनिबार रुपन्देहीमा बसोबास गर्ने अर्घाखाँचीबासीहरूले आयोजना गरेका...

पुरा पढ्नुहोस
बिचौलियामाथि कडाइः सेवाग्राहीलाई बिचौलियामुक्त सेवा दिन राप्ती गाउँपालिकाको निर्देशन

भालुवाङ । राप्ती गाउँपालिकाले सेवाग्राहीसँग बिचौलिया प्रयोग गर्ने प्रवृत्तिलाई नियन्त्रण गर्न कडाइ गर्ने भएको छ। गाउँपालिकाले आफ्ना मातहतका सबै कार्यालयलाई बिचौलियामुक्त सेवा प्रवाह सुनिश्चित गर्न निर्देशन जारी गरेको हो। जारी सूचनाअनुसार अब सरकारी तथा गैरसरकारी कार्यालयहरूबाट...

पुरा पढ्नुहोस
राप्तीमा अन्तर–स्थानीय तह समन्वय बैठक, विपद् व्यवस्थापनलाई प्राथमिकता

मसुरिया, १७ चैत । दाङको राप्ती गाउँपालिकामा देउखुरी क्षेत्रका चार स्थानीय तहबीच अन्तर–स्थानीय तह समन्वय बैठक मंगलबार सम्पन्न भएको छ। बैठकले विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ। राप्ती गाउँपालिका, लमही नगरपालिका,...

पुरा पढ्नुहोस
विश्व मावि ढाकावाङ्गलाई १२थान कम्प्युटर सहयोग, ग्रामीण शिक्षामा प्रविधिको ठूलो टेवा

अर्घाखाँची। जिल्लाको भूमिकास्थान नगरपालिका-१ ढाकावाङ्गस्थित विश्व माध्यमिक विद्यालयलाई नेपाल टेलिकमले १२ थान कम्प्युटर हस्तान्तरण गरेको छ। बिहीबार आयोजित एक कार्यक्रममा नेपाल टेलिकम प्रादेशिक निर्देशनालय भैरहवाका प्रशासनिक अधिकृत निराजन पण्डित तथा बरिष्ठ सहायक राम बन्जाडेले...

पुरा पढ्नुहोस
जनताको सुख–दुःखमै रहन्छु, काम पर्दा मात्रै राजधानी जान्छु : सांसद भुसाल

अर्घाखाँची। अर्घाखाँचीबाट निर्वाचित सांसद हरिप्रसाद भुसालले आफू विगतका सांसदहरू जस्तो राजधानी केन्द्रित नहुने बताउनुभएको छ। उहाँले जनताको बीचमै रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो। निर्वाचनपछि जिल्लाका विभिन्न स्थानमा पुगेर मतदातालाई धन्यवाद ज्ञापन गर्दै हिँड्नुभएका...

पुरा पढ्नुहोस
आवासीय विद्यार्थीको सिकाइ सुधारमा टेकराज भुसालको पोषणयुक्त भोजन सहयोग

अर्घाखाँची । भूमिकास्थान नगरपालिका- २ ढाकावाङ्गस्थित भगवती माध्यमिक विद्यालयले शैक्षिक वर्ष २०८२ मा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूका लागि सञ्चालन गरिरहेको आवासीय शिक्षण–सिकाइ कार्यक्रमलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित सामाजिक व्यक्तित्व टेकराज भुसालले पोषणयुक्त भोजन...

पुरा पढ्नुहोस
पाठेघरको मुखको क्यान्सर रोकथामका लागि ढाकावाङ्गमा एच.पि.भि. खोप अभियान सञ्चालन हुने

अर्घाखाँची ।  नेपालमा हरेक वर्ष करिब २ हजार १ सय ६९ जना महिलामा पाठेघरको मुखको क्यान्सर हुने अनुमान गरिएको छ। जसमध्ये १ हजार ३ सय १३ जनाको मृत्यु यही क्यान्सरकै कारण हुने गरेको तथ्यांकले देखाएको...

पुरा पढ्नुहोस