बलिउड अभिनेता आमिर खानकी छोरी इराले गरिन् इन्गेजमेन्ट!

एजेन्सी । आमिर खानकी छोरी इरा खानले इन्गेजमेन्ट गरेकी छन्। भारतीय सञ्चार माध्यम इन्डिया टुडेका अनुसार उनले आफ्नो प्रेमी नुपुर शेखरसँग इन्गेजमेन्ट गरेकी हुन्।

उनको सप्राइज इन्गेजमेन्ट भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। सार्वजनिक भिडिओमा नुपुरले इरालाई फिल्मी स्टाइलमा प्रस्ताव गरेको देख्न सकिन्छ। उक्त भिडिओ इराले आफ्नो इन्स्टाग्राममा पोस्ट गरेकी छन्।

एक खेलकुद कार्यक्रममा नुपुरले इरालाई घुडा टेकेर प्रस्ताव राख्छन्। इराले उनको प्रस्तावलाई स्विकार्दै औंठी लगाएकी छन्।

इरा र नुपुर सन् २०२० देखि प्रेम सम्बन्धमा थिए। नुपुर फिटनेस कोच हुन्। इरा आमिर खानकी पहिलो पत्नी निर्माता रीना दत्तकी छोरी हुन्।

खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

© 2025 Lumbini Daily All right reserved Site By : Himal Creation