अभिनेता दयाहाङ राईलाई पुत्रलाभ

काठमाडौं । अभिनेता दयाहाङ राई दोस्रो सन्तानको पिता बनेका छन् । पत्नी बेनुकाले शुक्रबार बिहान बसुन्धरास्थित इशान अस्पतालमा छोरालाई जन्म दिएकी हुन् ।

दयाहाङ दम्पतीबाट यसअघि पनि एक छोरा छन् । पहिलो सन्तान जन्माएको १० वर्षपछि दयाहाङ पुनः बुवा बनेका हुन् ।

२०६५ सालमा दयाहाङ र बेनुकाले विवाह गरेका थिए भने २०६९ सालमा पहिलो सन्तानको रुपमा छोरालाई जन्माएका थिए । गायिका समेत रहेकी बेनुका पछिल्लो समय घर सम्हाल्दै आएकी छन् ।

दयाहाङ भने अभिनय करिअरमा व्यस्त छन् । दयाहाङ अभिनित फिल्म ‘दुई नम्बरी’ असोज २१ गते रिलिजको तयारीमा छ ।

खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

© 2025 Lumbini Daily All right reserved Site By : Himal Creation