
काठमाडौं । कलाकार बुद्दि तामाङ विवाह बन्धनमा बाँधिएका छन् । तामाङले मकवानपुरकी अनु थिङसँग विवाह गरेका हुन् ।
भक्तपुरको एक पाटीप्यालेसबाट तामाङ परम्पराअनुसार विवाह भएको हो । विवाहमा दुलाहा र दुलहीका परिवारका आफन्त र उनीहरुका नजिकका केही व्यक्तिको मात्रै उपस्थिति थियो ।