
काठमाडौँ- दक्षिण भारतीय अभिनेत्री सामन्था रुथ प्रभु पछिल्लो समय चर्चामा छिन्। केही दिनयता उनको स्वास्थ्यमा समस्या देखिएको समाचार बाहिरिएका छन्। सामन्तथाको प्रशंसक उनका लागि चिन्तित छन्।
केही समययता उनी सामाजिक सञ्जालबाट पनि टाढिएकी छन्। उनी यसरी सोसल मिडियाबाट हराउनुले प्रशंसकहरूको चिन्ता झन् बढाएको छ।
सामन्था सेप्टेम्बर १० सम्म सामाजिक सञ्जालमा सक्रिय थिइन्। उनले आफ्नो फिल्म ‘यशोदा’बारे एउटा पोस्ट गरेकी थिइन्। त्यसपछि उनी सोसल मिडियामा देखिएकी छैनन्। सार्वजनिक कार्यक्रममा पनि उनी सहभागी भएकी छैनन्। उनको फिल्मको सुटिङ पनि रोकिएको छ।
त्यसैले उनी उपचारका लागि विदेश गएको धेरैले अनुमान लगाइरहेका छन्। तर सामन्थाका म्यानेजरले यी सबै कुरा ‘गसिप’ रहेको बताएका छन्। बरु सामन्थाले केही दिनका लागि सामाजिक सञ्जालबाट टाढिएको उनले बताएका छन्।