
दाङ, २६ चैत । होटल पौवा प्रालीले नयाँ वर्ष २०७९ को अवसरमा आयोजना गर्न लागेको बृहत सांस्कृतिक कार्यक्रमका बारेमा आज पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।
प्रालीका प्रमुख परिचालन अधिकारी कृष्ण गौतमको अध्यक्षता एवं नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष चुमा आचार्यको प्रमुख आतिथ्यतामा गरिएको पत्रकार सम्मेलनमा देशका १२ शाखामध्ये भालुबाङसहित भैरहवा र बुटवलमा नयाँ वर्षको अवसरमा बृहत सांस्कृतिक कार्यक्रम गर्न लागिएको जानकारी दिईएको हो ।
नेपालका लागि नेपाली हस्पिटालिटी सहितको सेवा दिने गरी स्थापना भएको पौवाले हरेक शाखाहरुमा नेपाली स्वाद, नेपालीपनको मनैदेखिको सत्कार, नेपाली कला र संस्कृतिलाई जगेर्ना गर्ने कार्यक्रमहरु गर्दै आएको सिओओ गौतमले जानकारी दिनुभयो । अन्तरराष्ट्रिय जगतमा समेत ख्याती कमाएको नेपाली सत्कारलाई ब्राण्डिङ गर्दै पौवाका हरेक शाखाहरुमा नेपाल र नेपाली पहिचान दिने सेवालाई थप समृद्ध बनाउने उद्देश्यका साथ पौवाले आफ्नो अभियानलाई अघि बढाइरहेको उहाँको भनाई थियो ।
नेपालीहरुको विभिन्न चाडपर्वलाई विशेष बनाउँदै आएको पौवाले यसै वर्षबाट नेपालीहरुको नयाँ वर्षको स्वागत गर्ने विशेष कार्यक्रम गर्न लागेको हो । नयाँवर्षलाई विशेष पर्वका रुपमा मनाउने लक्ष्यका साथ यस वष नयाँ वर्षको पूर्वसंध्यामा विविध सांगितीक कार्यक्रम गर्ने तयारी गरिएकोे उहाँले जानकारी दिनुभयो ।
पछिल्लो समय अङ्ग्रेजी नयाँ वर्षलाई नेपालमा महत्व दिन थालिएपनि पौवाले नेपालीहरुले वर्षौंदेखि मनाउँदै आएको चैत्र मसान्तमा पुरानो साललाई विदाई र नयाँ सालको स्वागत गर्ने गरि कार्यक्रम तय गर्ने गरेको पौवाले जनाएको छ । चैत्र ३० गतेको साँझ भालुवाङमा पशुपति शर्मा, अस्मीता डल्लाकोटी, सुमन परियार लगायतका कलाकारहरुले मनोरन्जन प्रदान गर्ने तय भएको आयोजकले जनाएको छ ।
७ वर्षदेखि सञ्चालनमा रहेको पौवाले दाङको भावलुबाङमा ३ वर्षदेखि सञ्चालनमा रहेको छ । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष आचार्य, महासंघ दाङका सचिव दशरथ घिमिरेले नाफा मुलकभन्दा पनि सेवामुलक उद्देश्यका साथ सञ्चालनमा रहेको पौवाले आयोजना गरेको यस्ता कार्यक्रमले कोरोनाका कारण थला परेको पर्यटन क्षेत्रलाई माथि उठाउन टेवा पुग्ने बताउनु भएको थियो ।
होटल पौवा भालुवाङका म्यानेजर श्याम न्यौपानेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण पत्रकार सन्तोष कुमार गुप्ताले गर्नुभएको थियो । कार्यक्रमस्थलमा प्रवेशलाई निःशुल्क बनाईएपनि कार्यक्रम स्थलमा प्रवेश गर्न पौवाबाट पठाइएको निमन्त्रणा कार्ड लिएर आउन आमन्त्रितहरुलाई आग्रह गरेका छौं ।
कार्यक्रम स्थलमा ५० रुपैयाँ देखि पौवाका परिकारहरु लिन सकिने समेत व्यवस्था गरिएको छ । प्रालीका प्रमुख परिचालन अधिकारी गौतमले भन्नुभयो,–‘नेपाली रैथाने खानालाई विदेशी पर्यटकमाझ लोकप्रिय बनाउँदै नेपाली खानाको अन्तराष्ट्रियकरण गर्ने अभियानमा हामी एक कदम अघि बढ्दैछौं ।
यसको सुरुवाती चरणमा विभिन्न संस्कृतिलाई प्रतिनिधित्व गर्ने २० प्रकारका नेपाली रैथाने खाना हाम्रो मेनुमा समावेश गर्दैछौं । यी खानाको स्वादलाई पाहुनाले मन पार्नुहुनेछ भन्ने हामीले विश्वास गरेका छौं । आमन्त्रणपत्रका आधारमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको ईभमा अत्यन्त सुलभ मुल्यमा पौवाका परिकारहरु पस्कने हाम्रो जमर्को रहनेछ ।
नेपालीपन, नेपाली सेवा र नेपाली परिकारले परिचित पौवाको हस्पिटालिटीलाई सबैले स्वीकार गरिदिनुहुनेमा हामी विश्वस्त छौं,–‘ उहाँले भन्नुभयो ।