मेरो देशलाई साेध (कविता)

सिमानाको अर्थ के हो
तराइलाइ सोध
जुन छिनछिनमा मिचिएको
छ !
अस्मिताको मुल्य के हो मेरो
देसलाइ सोध
जुन खण्ड खण्डमा बेचिएको
छ !
महाकालीमा पानी बग्छ कि
हाम्रो प्राण
भारत लाई कौडिमा
बेच्नेहरुलाइ सोध!
मुर्ती चोरेर डलर हसुर्ने
तस्करहरु हो
धर्म सस्कृतिको महत्त्व के हो
मेरो देसलाइ सोध!
सुगौली र मैत्री सन्धिले कहाँ
पुर्यायो
इतिहासका कलन्कहरुलाइ
सोध!
गोर्खाभर्तिले हाम्रो सिर
कसरी झुकिरहेछ
दिनदिनै रेटिइरहेको मेरो
देसलाइ सोध!
डिक्स्नेरी पढेर मिल्दैन
बलिदानको अर्थ
आफ्नो सन्तान चढाएकि
आमालाइ सोध!
कति आनन्द आउछ सित्तैको
पैसा बटुल्न
सहिदको रगतमा नाच्ने
भ्रस्टहरुलाइ सोध!
तिमिलाइ सुस्ता र
कालापानी दुखेन कुर्सी मात्रै
दुख्यो
कति दुख्यो होला त्याहाका
जनतालाइ सोध!
तिमिलाइ गरिबको चुल्हो र
लत्ता दुखेन सत्ता मात्रै दुख्यो
दुखाइ के हो दिनदिनै खाली
भइरहेको मेरो देसलाइ सोध!

खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

© 2026 Lumbini Daily All right reserved Site By : Himal Creation