बिद्रोहको कुरा (कविता)

बादलले पनि बिद्रोह गरेरै बर्षा गराउछ ।
हिमालहरुले बिद्रोह गरेर हिमनदि फुटाउछन ।
पहाडहरुले बिद्रोह गरेर पहिरो झराउछन ।
तराइ मधेसले बिद्रोह गरेर अन्न फलाउछन ।

सकारात्मक होस या नकरात्मक
साचो होस या झुटो
नियमित होस या अनियमित
कालखण्डहरुमा बिद्रोह हुदै गर्दछ ।

कहिले फुलहरुले बिद्रोह गर्छन ।
कहिले काँडाहरुले बिद्रोह गर्छन ।
कहिले नदिहरुले बिद्रोह गर्छन ।
कहिले मुहानहरुले बिद्रोह गर्छन ।

कहिले समयले बिद्रोह गदर्छ
किनकि उ स्थिर रहन सक्दैन ।
कहिले दिनले बिद्रोह गर्दछ
किनकि उ रात नभए मान्दैन ।

कहिले सँस्कृतिहरुमा बिद्रोह हुन्छ ।
कहिले परम्पराहरुमा बिद्रोह हुन्छ ।
किनकि परिबर्तित युगमा स्थिर रहन सक्दैनन ।
पुस्तान्तरण संगै परिमार्जित हुन्छन ।

समयको चक्रसंगै सबैले बिद्रोह गर्दछन ।
सिक्षकहरुले बिद्रोह गर्दछन ।
बिध्यार्थिहरुले बिद्रोह गर्दछन र
सिंगो समाजले बिद्रोह गर्दछ ।

बिज्ञानको आधारभुत नियम संग
कोहि डराउनु पर्दैन, कोहि कराउनु पर्दैन ।
असलहरु यहा कोहि हराउनु पर्दैन ।
किनकि यो त चलिरहने प्रकृया हो ।

खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

© 2025 Lumbini Daily All right reserved Site By : Himal Creation