आशाका किरण संस्थाद्धारा लठ्ठहवाका झागु दम्पत्तीलाई खाट र म्याट्रेस सहयोग

भालुवाङ १७ कार्तिक । दाङको राप्ती गाउँपालिकामा रहेको आशाका किरण संस्थाले चिसो भुुईमा रात बिताइरहेका एक दम्पत्तीलाई खाट र म्याट्रेस सहयोग गरेको छ ।राप्ती गाउँपालिका–५ लठ्ठहवाका झागुप्रसाद चौधरीको परिवारलाई सो सामाग्री सहयोग गरिएकोे हो ।

विगत ३ वर्षदेखि प्यारालाइसिसका कारण ओछ्यानमै थलिएका चौधरीको शरीरको कुनै भाग नचल्ने, बोल्न मात्र सक्ने र चिसो भुईमा सुत्न बाध्य भएका दम्पतीलाई सोमबार सो संस्थाले घरमै पुगेर उक्त सामाग्री हस्तान्तरण गरेको हो । संस्थाको पहलमा गढवा उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष रविलाल आचार्यले आफ्नी छोरी सामना आचार्यको जन्म दिनको अवसर पारेर १० हजार मूल्य बराबरको १ सेट खाट र तुलसीपुर–१९ निवासी अनिसा शर्माबाट प्राप्त ५ हजार मुल्य बराबरको २ सेट म्याट्रेस तथा १ सेट युरिन म्याट हस्तान्तरण गरिएको छ ।

संस्थाका पदाधिकारी तथा सदस्यहरु पिडित परिवारको घरमा पुगेर वडा सदस्य सावित्रादेवि दमाईको रोहवरमा उक्त सामाग्री पिडितकी श्रीमती लैहा चौधरीलाई हस्तान्तरण गरेका हुन् । साथै संस्थाकै पहलमा स्वास्थ्यकर्मी शान्ता खनालले बिरामीको स्वास्थ्य चेकजाँच समेत गर्नु भएको थियो । सो अवसरमा राप्ती गाउँपालिका वडा नम्बर ५ का वडा सदस्य सावित्रादेवि दमाई, महिला स्वास्थ्य स्वमसेविका मिठ्ठु चौधरी, संस्थाका अध्यक्ष दिवस आचार्य, महासचिव लोकमणि भुसाल, सचिव पवित्रा विश्वकर्मा, कोषाध्यक्ष ममता गिरी, सदस्य सिर्जना खड्का र प्रेस संयोजक ओमप्रकाश गुप्ताको उपस्थिति रहेको थियो । सो संस्थाले यस अघि पहिलो चरणमा खाद्यन्न सहयोग गरेको थियो ।

 

खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

© 2025 Lumbini Daily All right reserved Site By : Himal Creation