मानौँ, केही झुन्डलाई रास्वपा चाहिन्न भन्ने लाग्यो र त्यो झुन्डले रास्वपाको पार्टी कार्यालय तोडफोड गर्यो वा बोर्डहरू तोडफोड गर्यो र यस्ता कार्य दोहोरिन गएमा के होला ? दलजतिलाई निषेध गरौँ भन्दै फेरि विध्वंस मच्चायो भने के होला ?
त्यस्तै, केही झुन्डलाई लाग्यो गुरुदेवले फैलाएका भ्रामक सूचनाले समाज बिथोलिएकाले गुरुदेव जहाँ भेटिन्छन् त्यहीँ लछारपछार गरौँ र उनका क्यामेरा फोडौँ । पत्रकार जतिलाई निषेध गरौँ । यस्तो भयो भने के होला ?
विद्यार्थी राजनीति आवश्यक छ कि छैन भन्ने कुरा बहस वा छलफल होलान् । विद्यार्थी सङ्गठन आवश्यक नभए विद्यार्थीहरूले आफै असङ्गठित हुने छूट छ, यसरी सङ्गठन आफै सकिएलान् पनि हराउलान् पनि ।
समाजका धेरै बिसङ्गतीका विरुद्ध आन्दोलन छेड्ने विद्यार्थी सङ्गठनलाई निषेध गरेर विद्यार्थी सङ्गठन चाहिन्न भन्दै बोर्ड फोर्दै हिँड्नेहरूले क्याम्पसहरूमा अर्को राजनीति गरेका छन् । हरि भुसाल जो अर्घाखाँची रास्वपाका सभापती हुन्, उनले बोर्ड फोड्ने गतिविधिलाई खुसीका साथ शेयर गरेर के पुष्टि गरेका छन् भने हिजो आन्दोलनका नाममा रास्वपाको कार्यालय फोडिनु ठिकै थियो । यस्तो कार्य स्वभाविक हो र मन नपरेमा फोड्ने नै हो । के उनको निष्कर्ष यहि हो ? उनले सार्वजनिक रूपमा जवाफ दिनुपर्छ । तर उनले त आफ्नो कार्यालय फोड्नेलाई पापी पो भनेका छन् । आफ्नो फोर्दा फोरेको पापी, रूले त्यस्तै मिहिनेत गरेर बनाएका बोर्ड फोड्दा देश बनाउने ! यस्तो कहाँको धर्म हो ?
त्यस्तै गुरुदेवले आफुलाई पत्रकार ठान्छन् । मैले ब्यक्तिगत रूपमा त उनलाई पत्रकार नै मान्दैन, प्रोपोगन्डाका योजनाकार मान्छु तर यो मेरो ब्यक्तिगत धारणा हो । म ब्यक्तिगत रूपमा उनका सूचनालाई आधिकारिक मान्दैन । मान्न पाउने/ नपाउने मेरो स्वतन्त्रता हो, त्यस्तै पत्रकारिता गर्ने उनको । तर उनले अर्घाखाँचीमा स्वतन्त्र पत्रकार भनेर एउटा सङ्गठन खोलेका छन्, त्यस्तै स्वतन्त्र नागरिक अभियान भनेर अर्को गतिविधि थालेका छन् । जसले आफ्नो सङ्गठन खोलेको छ, उसैले अर्को सङ्गठन चाहिन्न भन्न मिल्छ ? यो कुनै नैतिकताले दिने कुरा हो ? यो प्रश्न पोस्ट पढ्ने सबैलाई हो, तपाईंहरू आफै मुल्यांकन गर्नुहोला ।
अनि जसरी यी बोर्ड फोडेर, च्यातेर निषेधको राजनीति शुरु गरिएको छ यसले अर्को अराजकता निम्त्याउँदै छ । विद्यार्थीहरू सङ्गठित/असङ्गठित हुन पाउने स्वतन्त्रता स्वयं विद्यार्थीलाई छ । एउटा कुरा भनौं, कसैलाई मन परे पनि नपरे पनि विद्यार्थीहरूले कैयौं आन्दोलन गर्थे तर अहिलेको जस्तो विध्वंस कहिल्यै भएको थिएन । किनकि त्यहाँ सङ्गठन हुन्थ्यो, नेतृत्व हुन्थ्यो, निश्चित मुद्दा हुन्थ्यो, प्रशिक्षण हुन्थ्यो र जिम्मेवारी हुन्थ्यो । अहिलेको विध्वंस असङ्गठित आन्दोलनले निम्त्याएको अराजकताको पराकाष्ठा हो, जहाँ घुसपैठ भयो र बाँकी कुरा आगामी दिनमा खुल्दै जानेछ ।
अनि अर्को कुरा पनि भनौं, काठमाडौंका हजारौं विद्यार्थीहरूलाई अमेरिकन युथ काउन्सिलमा आवद्ध गरिएको छ भन्ने सूचना/खबर आएका छन्, अनुसन्धान भएपश्चात पक्कै खुल्छ नै । यदि त्यसो हो भने विदेशी संस्थाले विद्यार्थीको दिमाग भुट्न हुने अनि ती विद्यार्थीहरूलाई राजनीतिक चेतना सिकाउँदा विद्यार्थी सङ्गठनहरू बहिष्करणमा पर्नुपर्ने ? देशलाई कता लैजान खोजिएको छ ? यो प्रश्नको जवाफ खोज्नुपर्छ ।
अन्त्यमा निषेधको राजनीतिको घोर भत्सर्ना गर्दै अहिले एकैछिनको अरूको प्रतिकुल अवस्थामा खुसी मनाएका साथीहरूले यस्तो अवस्था आफैतर्फ नफर्कियोस् भन्दै सचेत रहन सुझाव समेत दिन चाहन्छु । यो मेरो ब्यक्तिगत सुझाव हो, केवल सुझाव । ग्रहण नगर्दा पनि केही फरक पार्दैन ।













