बुटवलका कलाकारहरुले एकै ठाउँमा सार्वजनिक गरे ठट्यौली दशैं गित “घरै रमाईलो”

बुटवल । लामो समयदेखि बुटवलमा कलाकारिता गर्दै आएका सदावहार कलाकारहरुले विजया दशमीको पावन अवसरमा नयाँ दशै गित “घरै रमाईलो” सार्वजनिक गरेका छन ।

गुल्मी मुसिकोटबाट साङ्केतिक यात्रा शुरु गरि देश तथा विदेशमा आफुलाई चिनाउन सफल उज्जवल गिरी (दानबिर) को लय तथा शब्द संकलन उज्ज्वल गिरी, सम्झना भण्डारी, बुद्दी पौडेल, सम्झना रणपाल, बिश्नु शीपाली , नारायण बिपि, र पवन परियार लय पवन परियार एरेन्ज कलाकार उज्ज्वल गिरी निर्देशनमा निर्मित भिडियोमा कलाकारहरु कोपिला न्यौपाने, बुद्दी पौडेल, नारायण बिपि, प्रबिना मगर , सम्झना रणपाल , बिश्नु श्रीपाली, सब्बु गैरे, प्रीती भुसाल गिरी, प्रीतम गिरी, बिश्नु थापा, भेस बहादुर थापा, रिता थापा, ओ मस थापा को रमाईलो क्षण हेर्न सकिन्छ ।

गितमा जहाँ गएपनि जस्तो भएपनि दशैं तिहार आएसी आफ्नै गाउँ, आफु जन्मेकै ठाँउ राम्रो लाग्ने कुरा दर्शाईएको छ । गितमा जति सुबिधा सम्पन्न देशमा भएपनि आफ्नै देश नेपाल र आफु जन्मेको ठाउँ नै प्यारो हुने देश भक्ति झल्काईको छ । फरक तरिकाले बनेको उक्त गित सबैको नजरमा पर्ने अनुमान गरिएको छ ।

लक्छुमन सेन्चुरीको रेकर्ड, बिमल छिनाल मिक्सिङ्ग मास्टरिङ्ग, बिस्णु श्रीपाली र प्रीती गिरीको मेकअप, सुनिल बिस्वकर्मा छायांकन सम्पादन, विष्णु वेल्वासेको छायांकन सह सम्पादन, लेख सोमैको लाईट व्यवस्थापन, आर के प्रडक्सनको पोष्ट प्रोडक्सनमा, डाईनामिक स्टुडियो निर्माण भएको गित Ujjawal Giri You Tube Chanal बाट असोज ६ गते घटस्थापनाको अवसरमा रिलिज गरिएको हो ।

खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

© 2025 Lumbini Daily All right reserved Site By : Himal Creation