
साउन २७,
अर्घाखाँची । प्रत्येक वर्ष अगस्ट १२ मा विश्वभर मनाइने अन्तर्राष्ट्रिय युवा दिवस यस वर्ष “Local Youth Actions for the SDGs and Beyond” भन्ने संयुक्त राष्ट्रसंघको मूल नारासहित मनाइँदैछ। नेपालको सन्दर्भमा यस दिवसको सन्देश “दिगो विकास र सुनौलो भविष्यको सार: स्थानीय युवाको सहभागिता समृद्धिको आधार” रहेको छ।
यस अवसरमा नगरस्तरीय युवा सञ्जाल, भूमिकास्थान नगरपालिका अर्घाखाँचीका संयाेजक टेकराज भुसालले सम्पूर्ण युवाप्रति शुभकामना व्यक्त गर्दै स्थानीय विकासमा युवाको सिर्जनशीलता, नेतृत्व क्षमता र सामाजिक उत्तरदायित्वको महत्वलाई जोड दिएका छन्।
संयाेजक भुसालले “युवाले देखाएको नेतृत्व, संकल्प र सामाजिक उत्तरदायित्वले दिगो विकासको सपना साकार पार्न मद्दत पुर्याउँछ। युवाको शक्ति, सृजनशीलता, उद्यमशीलता, सकारात्मक उर्जा र साझा प्रयासको भावना विकास गर्न सकेमा समृद्ध भूमिकास्थानको परिकल्पना साकार पार्न सकिने सन्देश दिएका छन्।”
अन्तर्राष्ट्रिय युवा दिवसलाई स्थानीय स्तरमा समेत अर्थपूर्ण बनाउन सबै युवालाई आ-आफ्नो स्थानबाट जिम्मेवार भूमिका निर्वाह गर्न र औपचारिक कार्यक्रमकाे रुप मात्रै नभइ स्थानीय स्तरमा परिवर्तन ल्याउने अवसरका रुपमा लिन संयाेजक भुसालले शुभकामना सन्देश मार्फत आग्रह समेत गरेका छन् ।
शुभकामना सन्देश:-