आशाका किरण संस्था द्वारा भालुवाङमा ट्राफिक सचेतना: दुर्घटनाको वास्तविक दृश्यजस्तो नाटक प्रस्तुत

भालुवाङ, १८ साउन – सडक दुर्घटना न्यूनीकरणका लागि आशाका किरण संस्थाले इलाका प्रहरी कार्यालय भालुवाङ र अस्थायी ट्राफिक प्रहरी पोष्ट भालुवाङको सहकार्यमा शनिबार भालुवाङ पुलचोकमा ट्राफिक सचेतनामूलक सडक नाटक प्रस्तुत गरेको थियो ।

नाटकमा तीव्र गतिमा आएको मोटरसाइकलले पैदलयात्रुलाई ठक्कर दिएपछिको भयावह दृश्य र जनचेतनाको कमी तथा लापरबाहीका कारण हुने दुर्घटनालाई प्रभावकारी रूपमा चित्रण गरिएको थियो। संस्थाका अध्यक्ष अशोक बेल्वासेले चेतनाको अभाव र योजनाबद्ध कार्यान्वयन नहुँदा दुर्घटना बढिरहेको उल्लेख गरे। अस्थायी ट्राफिक प्रहरी पोष्ट भालुवाङका प्रमुख प्रहरी वरिष्ठ नायव निरिक्षक ईश्वरीप्रसाद देवकोटाले नियम पालन नगर्नु नै प्रमुख कारण भएको बताए।

कार्यक्रममा अध्यक्ष अशोक बेल्वासे, सचिव थमन राना, सदस्य छविलाल कडेल, ममता गिरी, सिर्जना खड्का, पवित्रा विश्वकर्मा, लक्ष्मी पोख्रेल, ऋषि पौडेल, रामु सुनामलगायतले अभिनय गरेका थिए । संस्थाले विगत केही वर्षदेखि जनचेतनामूलक गतिविधि गर्दै आएको छ ।

खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

© 2025 Lumbini Daily All right reserved Site By : Himal Creation