दुर्गा प्रसाईंलाई हिरासतमा राख्न दुई दिनको म्याद थप

काठमाडौँ – तीनकुने घटनामा पक्राउ परेका दुर्गा प्रसाईंलाई थप दुई दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

जिल्ला अदालत काठमाडौँले बिहीबार प्रसाईंलाई थप दुई दिन हिरासतमा राखी अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।

तीनकुने घटनामा संलग्न रहेको आरोपमा प्रहरीले प्रसाईंसहित ५३ जनालाई म्याद थपका लागि अदालतमा पेश गरेको थियो। अदालतले सबैलाई दुई दिनका लागि हिरासतमा राख्न अनुमति दिएको छ।

खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

© 2025 Lumbini Daily All right reserved Site By : Himal Creation