भालुवाङमा छिमेक लघुवित्त वित्तीय संस्थाको १०औँ ग्राहक गुनासो, सुनुवाइ तथा इकाई भेला सम्पन्न

फागुन ५,साेमबार, भालुवाङ

“ग्रामीण विकासको आधार, लघुवित्तको गुणात्मक विस्तार” भन्ने मूल नाराका साथ छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले भालुवाङ शाखा कार्यालयमा मिति २०८१ साल फागुन ५ गते ग्राहक सुनुवाइ तथा इकाई भेला भव्यताका साथ सम्पन्न गरेको छ। नेपालकै उत्कृष्ट लघुवित्त वित्तीय संस्थाहरू मध्ये एक मानिने छिमेक लघुवित्तले यस कार्यक्रममार्फत ग्रामीण विकासमा आफ्नो योगदानलाई पुनः प्रमाणित गरेको छ।

कार्यक्रमको सुरुवात भलुवाङ शाखाका शाखा प्रबन्धक श्री राजेश कुशवाहाले गर्नुभयो। उहाँले कार्यक्रम सुरुवात गरेपछि शाखा कर्मचारीहरू साथै केन्द्रीय कार्यालय काठमाडौँ र प्रादेशिक कार्यालय लुम्बिनीबाट आउनुभएका अतिथिहरूले परिचय गरेपछि कुशवाहाले संस्थाको २०८१ माघ मसान्त सम्मको प्रतिवेदन प्रस्तुत गर्नुभयो। उहाँले संस्थाको प्रगति र गतिविधिहरूबारे विस्तृत जानकारी दिँदै कार्यक्रमको अन्त्य घोषणा गर्नुभयो।

कार्यक्रममा संस्थाका श्री वरिष्ठ विभागीय प्रमुख निरञ्जन महतोको विशेष उपस्थिति रहेको थियो। उहाँले छिमेक लघुवित्तमा आबद्ध भएका सदस्यहरूलाई नेपालमा लघुवित्त वित्तीय संस्थाको भूमिका र आवश्यकताको बारेमा जानकारी दिँदै गरिब सदस्यहरूलाई बैङ्कले गरेको सहयोगबारे पनि व्याख्या गर्नुभयो। उहाँले संस्थाको सामाजिक उत्तरदायित्व र सदस्यहरूको आर्थिक सशक्तीकरणमा केन्द्रित गतिविधिहरूबारे पनि प्रकाश पार्नुभयो।

यसै कार्यक्रममा छिमेक लघुवित्त वित्तीय संस्थाका प्रदेश प्रबन्धक रामनाथ महतो, अनुगमन अधिकृत सन्जय राज विष्ट , राजेन्द्र पन्थ, साथै सूचना तथा प्रविधि विभागका कर्मचारी रुपेश राज पन्तले आफ्नो क्षेत्रबाट बैंकको सेवा सुविधाहरूबारे जानकारी प्रदान गर्नुभयो।

कार्यक्रमको अन्त्यमा १० वटा उत्कृष्ट समूहलाई नगद पुरस्कार र सम्मान पत्र प्रदान गरिएको थियो भने उक्त समूहका १० जना छोरीलाई छात्रवृत्ति वितरण गरिएको थियो। साथै, सधैँ उत्कृष्ट ३ जना सफल व्यवसायी सदस्यलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो। यसै गरी, २०८० को SEE परीक्षामा उत्कृष्ट GPA ल्याउन सफल भएका सदस्यका २ जना छोरा र छोरीलाई नगद पुरस्कार र सम्मान पत्र प्रदान गरिएको थियो।

कार्यक्रममा सदस्यकी २ जना छोरीहरूले नृत्य प्रस्तुत गरेका थिए भने उनीहरूलाई शुभकामना सहित नगद पुरस्कार प्रदान गरिएको थियो।

यस कार्यक्रमले छिमेक लघुवित्त वित्तीय संस्थाको सदस्यहरूको आर्थिक र सामाजिक उन्नतिमा गरेको योगदानलाई प्रकाशमा ल्याएको छ। छिमेक लघुवित्त वित्तीय संस्था नेपालकै उत्कृष्ट लघुवित्त संस्थाको रूपमा परिचित छ र यसले गरिब तथा आर्थिक रूपमा कमजोर वर्गलाई आर्थिक सहयोग पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेलिरहेको छ।

खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

© 2025 Lumbini Daily All right reserved Site By : Himal Creation