
भालुवाङ । दाङ जिल्लाको गढवा गाउँपालिका वडा नम्बर १ जुरौनीमा विद्युत लाइन सर्ट हुँदा आगजनी भएको छ । दिउसो अन्दाजी १ बजेको समयमा बिद्दुत लााइन सर्ट हुँदा स्थानिय सफर मियाको गोठबाट सल्किएको आगो भान्सा घरसम्म पुग्दा घरगोठ पूर्णरूपमा जलेर नष्ट भएको हो ।
खरको छाना र काठबाट बनेको घर भित्रका रहेका भाँडा बर्तन, लत्ता कपडा, अन्नपात सबै जलेर नष्ट हुँदा करिब ५ लाख बराबरको क्षति भएको प्रहरीले बताएको छ।
त्यस्तै गोठमा बाँधेको राखेका एक गाई र एक गोरु जलेर घाइते भएका छन् । घटनामा कुनै खालको मानवीय क्षति भएको छैन ।
आगोलाई स्थानीय बासिन्दा, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सिमेन्ट कारखानाका कर्मचारी र दमकलको सहायताबाट करिब ३ बजे नियन्त्रण गरिएको थियो ।