भूमिकास्थानमा नमुना नगरसभा अभ्यास कार्यक्रम शुरु, युवामा राष्ट्रिय भाव ह्रास हुँदै:- नगरप्रमुख थापा

अर्घाखाँची। जिल्लाको भूमिकास्थान नगरपालिकामा नगरस्तरीय युवा संसद कार्यक्रम नमुना युवा नगरसभा अभ्यास सुरु भएको छ।

भूमिकास्थान नगरपालिकाकाे आयोजना तथा राष्ट्रिय युवा परिषद् सानोठिमी भक्तपुरको सहजीकरणमा आइतबारदेखि शुरु भएको नमुना युवा नगर सभा अभ्यास कार्यक्रमकाे भूमिकास्थान नगरपालिकाका नगरप्रमुख झविलाल थापाले उद्घाटन गर्नुभएको हो।

उद्घाटन गर्दै नगरप्रमुख थापा पछिल्लो समयमा युवाहरुकाे विदेश जाने माेहले युवाहरुमा राष्ट्रिय भाव ह्रास हुँदै गएको बताउदै युवाहरूले स्वदेशमै केही गर्न सक्छु भन्ने मनाेबल लिएर मुलुकको रुपान्तरणमा आफ्नो महत्त्व बुझेर स्वदेशमै केही गर्नुपर्छ भन्ने साेच राखेर अघि बढ्न आग्रह  गर्नुभएको थियो।

कार्यक्रममा भूमिकास्थान नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द आचार्य, प्रशिक्षक लिला बिक लगायतले बाेल्दै राज्यले यी र यस्ता कार्यक्रमहरु समयमै युवाहरु माझ लैजानाले युवाहरुको नेतृत्व विकासमा टेवा पुग्ने बताउनुभएको थियो।

शेषकान्त घिमिरे (ओसन) काे संचालन तथा भूमिकास्थान नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्राविधिक सहायक नवीन खड्काकाे स्वागत मन्त्वयबाट अघि बढेको कार्यक्रममा सुचना अधिकृत तथा याेजना शाखा प्रमुख हरिश्चन्द्र भुसाल,  लुम्बिनी प्रदेश युवा परिषद्का कार्यकारी सदस्य सराेज खनाल, विभिन्न शाखाका प्रमुखहरु लगायतकाे आथित्यतामा उद्घाटन सत्रकाे कार्यक्रम सम्पन्न भएको हो।

चैत २८ गते बुधबारसम्म संचालन हुने नमुना नगरसभा अभ्यास कार्यक्रममा भूमिकास्थान नगरपालिकाका १० वटा वडाबाट २७ जना प्रतिनिधिहरुकाे उपस्थिति रहेको र अन्तिम दिन नमुना नगरसभाकाे डेमाे प्रस्तुत गरेर कार्यक्रम सम्पन्न हुने प्रशिक्षक लिला बिकले जानकारी दिनुभएको छ।

खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

© 2025 Lumbini Daily All right reserved Site By : Himal Creation