
देउखुरी । माघीको अवसर पारेर हरेक वर्ष लाग्दै आएको परम्परागत माघी मेला यस वर्ष पनि लाग्ने भएको छ ।कालिका सामुदायीक बन उपभोक्ता समिति लालमटियाको आयोजनामा राप्ती गाउँपालिका वडा नं. २ स्थित हर्से डाँडामा यहि पुष २९ गतेदेखि माघको २ गतेसम्म मेला लाग्ने आयोजकले जनाएको छ ।
मेला विभिन्न परिकार, खेलौनासहितका स्टल रहने छन् भने चर्चित लोक गायक अर्जुन सापकोटाको प्रस्तुती रहने आयोजकले जानकारी दिएका छन् । साथै मेला अवधिभर गायिका सम्झना भण्डारी, उद्घोषिका वर्षा पाण्डेय, स्थानिय कलाकारको साथमा न्यू डान्स कृयसनको प्रस्तुती रहने छ ।
मेलाको स्टल बुकिङका लागि समितिका उपाध्यक्ष बेदुलाल सुवेदी र सचिव शिला पौडेललाई सम्पर्क गर्न सकिने छ ।