गायक तथा संगीतकार अमर दर्लामी मगरको ‘मुग्लान’ गीत सार्वजनिक (भिडियो)

दाङ । दंगाली गायक तथा सङ्गीतकार अमर दर्लामी मगरको लोक आधुनिक गीत ‘मुग्लान’ सार्वजनिक भएको छ । दाङको गढवा गाउँपालिका वडा नम्बर १ कालाकाटे निवासी मगरको शब्द/ सङ्गीतमा रहेको गीत शुक्रवार कला सुप्तिहाङ राई युटुव च्यानलबाट सार्वजनिक भएको हो ।

दर्लामीकाे शब्द सङ्गीतमा कला सुप्तिहाङ राईले स्वर दिएका छन् भने रबिन राई र अस्मिता योन्जनको अभिनय गरेका छन् ।

गीतमा स्वदेश तथा विदेशमा र  रहेका प्रेमीहरूको साँचो माया दर्साउँदै धन पैसाको लागि बिदेसिएकाहरूको पीडा अनि स्वदेशमा कुरेर बस्नेहरूको पीडा र विदेशमा पनि धन कमाउन सजिलो नरहेको भन्ने कुरा गीतमा झल्काउन खोजिएको छ ।

गीतको म्युजिक एरेन्ज कमल रानाको हो भने कथा लेखन कला सुप्तिहाङ राईले गरेका हुन् । गीतलाई ‘कला सुप्तिहाङ राई’ युटुव च्यानल बाट हेर्न सकिने छ । यसभन्दा पहिले पनि अमर दर्लामी मगरका अन्य गीतहरू रगत नशाले, मरे नि म त लौ, मुनामदन, समर्पण  आदि गीतहरू रिलिज भैसकेका छन् ।

भिडियो हेर्नुहोस्ः

खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

© 2025 Lumbini Daily All right reserved Site By : Himal Creation