देउखुरीमा ७ वर्षीया बालिका बलात्कार आरोपमा एक बालक पक्राउ

भालुवाङ १९ भदौ । दाङको देउखुरीमा बालिकालाई बलात्कार गरेको आरोप एक बालक पक्राउ परेका छन् ।

राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ गौतमबुद्ध टोल निवासी ७ बर्षिया बालिकालाई बलत्कार गरेको आरोपमा सोही टोल निवासी १६ वर्षिय बालकलाई मंगलवार ईलाका प्रहरी कार्यालय भालुवाङले पक्राउ गरेको छ । गत भदौ १५ गते ती बालिकालाई बालकले एकान्त ठाउँमा लगेर बलात्कार गरेको ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरिक्षक उज्जवल सिंहले जानकारी दिएका छन् । घटना भदौ १५ गते भएपनि भदौ १७ गते राति मात्र ती बालिकाले गुप्ताङ सा¥है दुखेको आफ्नी माईजुलाई भनेपछि घटना सार्वजनिक भएको हो ।

घटना बाहिरिए पछि पिडित परिवारले भदौ १७ गते प्रहरीमा उजुरी दिएका थिए । प्रहरीले जाहेरी मंगलवार दर्ता गरी मंगलवारनै ती बालकलाई पक्राउ गरेको प्रहरी निरिक्षक सिंहले बताएका छन् । पक्राउ परेका बालकलाई प्रहरीले हिरासतमा राखि अनुसन्धान गरिरहेको छ । भने बुधवार अदालत बन्द हुने भएकाले विहिवार अदालतबाट म्याद थप गरि अनुसन्धान प्रक्रियालाई अगाडी बढाउने प्रहरी निरिक्षक सिंहले जानकारी दिएका छन् भने बालिकाको स्वास्थ्य परिक्षणका लागि घोराही स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको प्रहरी निरिक्षक सिंहले जानकारी दिएका छन् । बालिकाको बुवाआमा मजदुरीका लागि देश बाहिर रहेकाले उनी आफ्ना अपाङ्ग हजुरबुवा हजुरआमाको संरक्षणमा बस्दै आएकी थिइन् ।

खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

© 2025 Lumbini Daily All right reserved Site By : Himal Creation