
भालुवाङ २५ चैत । दाङको राप्ती गाउँपालिकामा रहेको आशाका किरण संस्थाले आफ्नो दोस्रो वार्षिक उत्सव तथा स्थापना दिवस कार्यक्रम मनाएको छ । संस्थाले दिवसका अवसरमा शनिवार बिहान राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीमा रहेको निलसागर सेवा आश्रममा गएर खाद्यान्न सहयोग गरेको छ ।
संस्थाका अध्यक्ष अशोक बेल्वासेको अगुवाइमा आश्रममा पुगेर त्यहाँ रहेका असहाय असक्तहरूलाई सहयोग स्वरूप चामल, नुन, तेल, दाल प्रदान गरेको छ । सो अवसरमा बोल्दै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले सामाजिक उत्तरदायित्व अन्तर्गत बेसहारा आमा बुबालाई सम्झेर सहयोग प्रदान गरेको धन्यवाद दिँदै समाज सेवामा अझै अग्रसर भएर काम गर्न सुझाव दिएका छन् ।
त्यस्तै आशाका किरण संस्थाका अध्यक्ष अशोक बेल्बासेले वार्षिक उत्सव तथा स्थापना दिवसको अवसरमा थोरै भए पनि आश्रममा केही राहत होस भन्नका लागि खाद्यान्न सहयोग गरेको बताएका छन् । विगतका दिनमा पनि सहयोग गरेको र स्थापना दिवसका अवसर पारेर सहयोग गर्न पाएकोमा आफूलाई गर्भ लागेको बताएका थिए ।
यसै बिच संस्थाले राप्ती गाउँपालिका २ लालमटिया स्थित हर्षेडाँडामा औपचारिक कार्यक्रमको आयोजना गरी दिवस मनाएको छ । साथै स्थापना दिवस सँगै संस्थाको कार्यसमिति समेत हेरफेर गरिएको छ । जस अनुसार अध्यक्षमा अशोकको नेतृत्वमा २ वर्षे कार्यकालमा लागि ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
जसको वरिष्ठ उपाध्यक्षमा दिवस आचार्य, उपाध्यक्षमा श्रीधर जिसी, महासचिवमा लोकमणी भुसाल, सचिवमा थमन राना, कोषाध्यक्षमा अस्मिता अधिकारी र सह कोषाध्यक्षमा रिषीराम खनाल रहेका छन् । भने सदस्यमा दिपेश आचार्य र मुना पौडेल रहेका छन् ।
त्यसै गरी संस्थाको साधारण सदस्यहरूमा पवित्रा वि.क., लक्ष्मी पोख्रेल, सिर्जना थापा, निशाकुमारी चौधरी, ममता गिरी, सुस्मिता थापा, अशोक गिरी, कमल आचार्य, स्वस्तिका खनाल, छविलाल कँडेल, सावित्रा भुसाल, सुष्मा चौधरी र युवराज पाण्डे रहेका छन् ।
त्यस्तै प्रेस संयोजकमा ओमप्रकाश गुप्ता र सल्लाहकारहरूमा सुर्यकिरण केसी, माधव खनाल, जगत पोख्रेल, नुमानन्द सुवेदी, होमप्रसाद शर्मा, गणेश आचार्य, जिवराज बस्नेत, नुमानन्द खनाल, दिलीप भुसाल रहेका छन् । भने कानुनी सल्लाहकारमा चुरामणि भुसाल, स्वास्थ्य सल्लाहकार प्रकाश विष्ट रहेका छन् ।