प्रगतिशिल पत्रकार संघ दाङको अध्यक्षमा महेश रिजाल

दाङ । प्रगतिशिल पत्रकार संघ नेपाल दाङ शाखाको अध्यक्षमा महेश रिजाल चयन भएका छन् ।

शाखाको घोराहीमा संम्पन्न भेलाले प्रगतिशील पत्रकार संघ दाङले रिजाल अध्यक्षमा चयन गरेको हो ।

जसको उपाध्यक्षमा शरद शर्मा, सचिवमा कुलदीप न्यौपाने, सह सचिवमा मनोज कुमार आचार्य, कोषाध्यक्षमा दिनेश रैदास चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा भीम पौडेल, अशोक खनाल, घनश्याम ओली, गोमा कवर चयन भएका छन् ।

त्यसैगरी भेलाले इश्वरी भण्डारी र कृष्ण प्रसाद आचार्य सल्लाहकारमा चयन भएका छन । भेलाले आसन्न केन्द्रिय सम्मेलनका विषयमा विभिन्न जिम्मेवारी सहित परिचालनका लागि आर्थिक अभियान संचालन देखि पत्रकार महासंघमा भएका गैर पत्रकारका विषयमा छानविनको माग समेत गरेको छ ।

खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

© 2025 Lumbini Daily All right reserved Site By : Himal Creation