लुम्बिनी प्रदेशको राजधानी व्यवस्थापन सम्बन्धी भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

भालुवाङ्ग, दाङ।

राप्ती उद्योग वाणिज्य सङ्घको आयोजनामा राजधानी व्यवस्थापनमा सहयोग पुग्ने हेतुले वृहत् भेला सम्पन्न गरिएको छ। उक्त भेलामा दाङ देउखुरी क्षेत्रका देउखुरी उद्योग वाणिज्य सङ्घ, गढवा उद्योग वाणिज्य सङ्घ, सिसहनीयाँ उद्योग वाणिज्य सङ्घ तथा यस क्षेत्रका तिन वटै होटेल व्यवसाय सङ्घको प्रतिनिधित्व रहेको थियो ।

उक्त कार्यक्रममा बोल्ने वक्ताहरूले राजधानी क्षेत्रमा निजी क्षेत्रबाट गर्नुपर्ने सम्पूर्ण सहयोग गर्ने र यसको व्यवस्थापनको लागी जुनसुकै मूल्य चुकाउन पनि तयार रहेको बताएका छन् ।

उक्त कार्यक्रममा बोल्ने वक्ताहरूमा राप्ती उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरज खडका भालुवाङ्ग होटेल व्यवसायी समितिका अध्यक्ष महेश बेल्वासे, उद्योगी गञ्ज बहादुर विष्ट , देउखुरी होटेल व्यवसायी समितिका अध्यक्ष नारायण भुसाल, देउखुरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष तथा उपाध्यक्ष खगेशवर खनाल र केशव आचार्य , राप्ती उद्योग वाणिज्य सङ्घका संस्थापक अध्यक्ष होम प्रसाद शर्मा, राप्ती गा पा वार्ड नं १ का निवर्तमान वडा अध्यक्ष तारा डि सी पत्रकार महेश रिजाल लगायतका वक्ताहरूले प्रदेश राजधानी व्यवस्थापनमा सम्पुर्ण सहयोग गर्ने र विभिन्न समितिहरू गठन गरी सहजीकरण गर्ने निर्णय भएको राप्ती उद्योग वाणिज्य सङ्घका महासचिव नारायण शर्माले बताउनु भयो ।

खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

© 2025 Lumbini Daily All right reserved Site By : Himal Creation