
दशरथ घिमिरे/दाङ–दाङ जिल्लामा चार लाख चार लाख १४ हजार ९ सय ५६ मतदाता मतदानमा सहभागी हुदैछन् । दुई लाख ३ हजार ९ सय ८ पुरुष र २ लाख ११ हजार ४६ महिला, दुई जना अन्यगरी चार लाख १४ हजार ९ सय ५६ जना मतदाता निर्वाचनमा भाग लिदैछन् ।
दाङ निर्वाचन क्षेत्र नं. १ मा एक लाख ३४ हजार ७३३ मतदाता छन् । प्रदेश एकमा ७० हजार २६७, दुईमा ६४ हजार ४६६ मतदाता छन् ।
क्षेत्र नं. २ मा एक लाख ३३ हजार ७४८ मतदाता छन् । प्रदेश एकमा ६३ हजार ३२२ र प्रदेश दुईमा ७० हजार ४२६ मतदाता रहेका छन् ।
क्षेत्र नं. ३ मा एक लाख ४६ हजार ४७५ मतदाता छन् । प्रदेश १ मा ६६ हजार ४८६ र दुईमा ७९ हजार ९८९ मतदाता रहेका छन् । जिल्लामा ९० जना उम्मेदवार चुनावी मैदानमा छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ को मतदान विहान ७ बजे देखी अपराह्न ५ बजे सम्म चल्ने बताएको छ । जिल्लाको एक सय ५३ मतदान स्थल भित्र ४ सय ६५ मतदान केन्द्रमा मतदान केन्द्र निर्माणको काम सकिएको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिए ।
क्षेत्र नं. १ मा एक सय ५२ मतदान केन्द्र छन् । जहाँ एक हजार दुई सय १६ कर्मचारी खटिएका छन् । क्षेत्र नं. २ मा एक सय ४५ मतदान केन्द्र छन् । जहाँ एक हजार ७४ कर्मचारी खटिएका छन् । क्षेत्र नं. ३ मा एक सय ६८ मतदान केन्द्र छन् । जहाँ करिब एक हजार तीन सय ३६ कर्मचारी खटिएका छन् ।